शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

गण्डकीका आधा लाख विद्यार्थीले एसईई दिने

गण्डकीका आधा लाख विद्यार्थीले एसईई दिने


  • Dhorpatan News
  • चैत्र ९ २०७५, शनिबार

पोखरा, ९ चैत – आजदेखि सुरु हुने माध्यमिकशिक्षा परिक्षा (एसईई) मा गण्डकी प्रदेशबाट ४८ हजार १ सयविद्यार्थी सामेल हुँदैछन् । प्रदेशका ११ जिल्लाकाविद्यार्थीहरुले २ सय १७ केन्द्रबाट परिक्षादिनेछन् । यसवर्षको परिक्षामानियमिततर्फ ४७हजार ७ सय ८२ र ग्रेड वृद्धितर्फ ३ सय ६४ जना परिक्षामा सहभागीहुनेछन् । गण्डकी प्रदेश सामाजिक शैक्षिक योजनातथामहाशाखाकाउपसचिवदामोदर सुवेदीकाअनुसार सबै भन्दा धेरै विद्यार्थी कास्कीबाट रहेका छन् । उनकाअनुसार कास्कीका ३२ वटा परिक्षा केन्द्रबाट १० हजार ९ सय ५१ जनाविद्यार्थीहरुले एसईई दिनेछन् ।
प्रदेशको मनाङमाभने जम्मा५३ जनाविद्यार्थी परिक्षामा सहभागीहुँदैछन् । मुस्ताङमापनि १ केन्द्रबाट १ सय ५६ जनाविद्यार्थी एसईईमा सामेल हुँदैन् । स्याङजामा ३३ केन्द्रबाट ५ हजार ९ सय ३९ जना, गण्डकी प्रदेशको कान्छो जिल्लानवलपुरबाट २४ केन्द्रबाट ६ हजार ६ सय ४४ विद्यार्थी, म्याग्दीबाट ९ केन्द्रबाट २ हजार २ सय ७३ जना, बाग्लुङबाट ३१ केन्द्रबाट ५ हजार ५ सय ४८ तनहुँबाट २४ केन्द्रबाट ६ हजार ३ सय ५७विद्यार्थी, लम्जुङ १८ केन्द्रबाट २ हजार ९ सय ९०, गोरखाबाट २५ केन्द्रबाट ४ हजार ४ सय २१, पर्वतबाट १९ केन्द्रबाट २ हजार ८ सय १४ विद्यार्थी सहभागीहुने उनले बताए । परिक्षाको सबै तयारी भईसकेको उनले जानकारी दिए ।
प्रश्नपत्रसँगै सेनेटरी प्याड
परिक्षामा सम्मिलत छात्राहरुको लागि गण्डकी सरकारले परिक्षा केन्द्रमा नै सेनेटरी प्याड उपलब्ध गराउने भएको छ । सम्बन्धितजिल्लाशिक्षाविकास तथा समन्वय ईकाईमाफर्त जिल्लाका हरेक केन्द्रमा प्याडको लागिआवश्यक बजेट पठाईसकेको छ । परिक्षार्थी मानसिक रुपमाहतास नहुन र परिक्षा नछुटोस भन्ने हेतुले प्रदेश सरकारले यो कार्यक्रम सुरु गरेको हो । मन्त्रालयका सामाजिकविकास महाशाखाप्रमुखतुलसाअर्यालले मनाङमाभने विद्यार्र्थी संख्याकमतथा समस्यानहुने देखिएपछि बजेट नपठाईएको जानकारी दिईन् । मुस्ताङको हकमाभने गैह्रसरकारी संस्थाले नै सेनेटरी प्याडको व्यवस्थापनगर्दै आएको छ ।
यो वर्ष सबैभन्दा धेरै कास्कीमा७१ हजार रुपैयाँ पठाइएको छ भने नवलपुरमा ४३, तनहुँमा ४१, स्याङजामा ४०, बागलुङमा ३६, गोरखामा ३०, लमजुङमा २०, म्याग्दीमा १५ र पर्वतमा १३ हजार रुपैयाँ पठाइएको अर्यालले बताइन्।
यो वर्ष गण्डकी प्रदेशका ११ जिल्लामा २१७ वटा परीक्षा केन्द्रबाट ४८ हजार १४६ जनाविद्यार्थीले एसईई परीक्षादिँदैछन्।जसमध्ये ५४ प्रतिशत छात्रा छन् भने ४६ प्रतिशत छात्र छन्। छात्रामध्ये १५ प्रतिशतलाई लक्षितगरि सेनेटरी प्याड वितरण गरिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->