शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

आजदेखि एसईई सुरु, गण्डकी प्रदेशबाट ४८ हजार ३६ सहभागी

आजदेखि एसईई सुरु, गण्डकी प्रदेशबाट ४८ हजार ३६ सहभागी

यसवर्षको एसईईमा नियमित र आंशिक गरेर चार लाख ७५ हजार परीक्षार्थी सहभागी छन् ।


  • Dhorpatan News
  • चैत्र १० २०७५, आइतबार
फाईल तस्विर

बागलुङ, १० चैत – एसईई परिक्षा आजदेखि सुरु भएको छ । यसवर्षको एसईईमा नियमित र आंशिक गरेर चार लाख ७५ हजार परीक्षार्थी सहभागी छन् । तीमध्ये सबैभन्दा धेरै प्रदेश ३ बाट एक लाख ६ हजार दुई तथा सबैभन्दा कम कर्णाली प्रदेशबाट ३५ हजार ६ सय २४ परीक्षार्थी छन् । यस्तै प्रदेश १ बाट ८३ हजार आठ सय १८, प्रदेश २ बाट ७० हजार पाँच सय ६८, गण्डकी प्रदेशबाट ४८ हजार ३६, प्रदेश ५ बाट ७६ हजार नौ सय ८३ र सुदूरपश्चिमबाट ५३ हजार नौ सय ७२ परीक्षार्थी सहभागी हुँदैछन् ।
परीक्षा सञ्चालनका लागि मुलुकभर एक हजार नौ सय ६९ केन्द्र निर्धारण गरिएको छ । प्रश्नपत्र तथा उत्तरपुस्तिका सम्बन्धित जिल्लामा पुगिसकेको परीक्षा नियन्त्रक विष्णु अधिकारीले जानकारी दिए । उनले भने, ‘उपत्यकाबाहेकका जिल्ला प्रहरी कार्यालयमा प्रश्नपत्र र उत्तरपुस्तिका पुगिसेकको छ । कर्मचारी व्यवस्थापन पनि गरिसकेका छौं ।’ परीक्षा चैत २१ गते समाप्त हुनेछ । परीक्षामा साधारणतर्फका ६ विषयका प्रश्नपत्र सात थरी सोधिने भएको छ ।

शिक्षा ऐनले कक्षा ११ र १२ लाई विद्यालय शिक्षामा गाभेपछि कक्षा १० को अन्तमा लिइने परीक्षाको दायित्व प्रदेशमा गएको छ । केन्द्रमा रहेको राष्ट्रिय परीक्षा बोर्डबाट कक्षा १२ को परीक्षा मात्र सञ्चालन हुने शिक्षा ऐनमा व्यवस्था छ । तर प्रदेश स्तरमा परीक्षा सञ्चालनका लागि आवश्यक संरचना तयार नभएका कारण केन्द्रबाटै सञ्चालन गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->