शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

संकल्प पूरा गर्दै एचआइभी सँक्रमित श्रेष्ठ

संकल्प पूरा गर्दै एचआइभी सँक्रमित श्रेष्ठ


  • बालकृष्ण सुबेदी
  • चैत्र १० २०७५, आइतबार

पोखरा, १० चैत –एचआइभी एड्स सँक्रमित गोपाल श्रेष्ठले सगरमाथा आरोहण गर्ने संकल्प पूरा गर्न लागेका छन् । उनको अहिले उमेर ५१ कटेको छभने एचआईभी सँक्रमित भएरै बाँचेको २० वर्ष पुग्यो । उमेर घर्किदै जाँदा पनि उनमा उत्साह मरेको छैन । २०७२ सालमा सगरमाथाको आधार शिविरमा हुदा भूकम्प आएपछि ज्यान जोगाएर पोखरा फर्केका थिए । उनी फेरी बैशाख दोस्रो साता सागरमाथा आरोहण गर्ने तैयारीमा जुटेका छन्। ड्रिम्स डेष्टिनेसन कम्पनीमार्फत आरोहण प्रक्रिया अघिबढेको छ ।
सगरमाथा आरोहण जस्तो साहसिक कदम उठाएका उनी भन्छन् ‘आर्थिक सहयोग जुटाएर सगरमाथा चढ्ने संकल्प पूरा गर्छु ।’ स्टेप अफ क्याम्पियन सेकेण्ड फेजले उनको संकल्प पूरा गर्नको लागी अभियान थालेको छ । सन् १९६४ मा पोखरामा जन्मिएका श्रेष्ठ किशोर उमेरमा लागु औषधमा फँस्ने क्रममा सुइँ साटासाट गर्दा ३० वर्षको उमेरमा एचआइभी एड्स सँक्रमित हुनपुगेका थिए ।
आफू सँक्रमित भएपनि उनी कहिल्यै हतोत्साही भएनन् । बरु आफूजस्तै रोगीहरुको आत्मविश्वास बढाउने र एचआइभी एड्स र लागुपदार्थ प्रयोग बिरुद्धमा विभिन्न अभियान चलाए। मृत्युलाई जितेर सागरमाथा आरोहणका लागी अघि बढेको छू ,सबैको साथ पाए भने सपना पूरा गरेर विश्वसामू नेपाललाई चिनाउने छू ,उनले भने ।
शनिबार पोखरामा पोखरा पर्यटन परिषद् र स्टेप अफ क्याम्पियन सेकेण्ड फेजले आयोजना गरेको अन्तरक्रिया तथा भेटघाट कार्यक्रममा बोल्दै श्रेष्ठले परिवर्तनको लागि बोलेर मात्र नहुने भन्दै ब्यबहारमा उतार्न जरुरी रहेको बताए । मेरो सपना साकार हुदै छ ,सवैको साथपाएको छू ,अझै पनी आर्थिक सहयोगको अपेक्षा गरेको छू ।
आरोहणको सपना पूरा गर्न हाल सम्म करिव पन्ध्र लाख रुपैया संकलन भएको र अझै करिव तेईस लाख आवश्यक रहेको उनले बताए ।
कार्यक्रममा बोल्दै पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष जीवनप्रसाद आचार्यले रोग भन्दापनि सामाजिक पीडा एचआइभी एड्स सँक्रमितहरुको प्रमुख समस्या रहेको बताएका थिए । सम्पूर्ण पक्षलाई जितेर उत्साहका साथ सागरमाथा आरोहणमा जुटेका श्रेष्टबाट सबैले प्रेरणा लिनूपर्ने उनले बताएका थिए । आफ्नो वडाबाट सक्दो सहयोग गर्ने र थप सहयोगको लागी महानगरपालिकामा समेत पहलगर्ने उनले बताए ।
स्टेप अफ क्याम्पियन प्रथम फेज संयोजक विश्वमोहन गौचनले उनको यो कदम नेपालको लागी गौरबको विषय भएकोले नेपाल सरकारले पनि अभिभारा लिनूपर्ने बताएका थिए ।श्रेष्ठ नेपालको लागी साहासिक सपूत सावितहुने उनको विस्वास रहेको थियो । कार्यक्रममा पर्यटन ब्याबसायी लगाएत विभिन्न संघ सस्थाका प्रतिनिधिहरुले गोपालको सपना साकार पार्दै पोखरालाई मात्र नभएर नेपाललाई विश्व सामू परिचित गराउन उनको अभियानमा सबैले हातेमालो गर्न जरुरी रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->