बुधबार, असोज २१ २०८३

बुधबार, असोज २१ २०८३
  • २१ असोज २०८३ , बुधबार
  • October 7 2026

निर्वाचन आयोगको प्रमुख आयुक्तमा थपलिया सिफारिस

निर्वाचन आयोगको प्रमुख आयुक्तमा थपलिया सिफारिस


  • Dhorpatan News
  • चैत्र ११ २०७५, सोमबार

काठमाडौं, ११ चैत -निर्वाचन आयोगको प्रमुख आयुक्तमा दिनेश थपलिया सिफारिस भएका छन्। सोमवार बसेको संवैधानिक परिषद्को बैठकले थपलियालाई प्रमुख आयुक्तमा सिफारिस गरेको हो। थपलिया संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव हुन्। वर्तमान प्रमुख आयुक्त अयोधिप्रसाद यादवले अवकाश पाएपछि उनको ठाउँमा थपलियाको नाम सिफारिस गरिएको हो। प्रमुख निर्वाचन आयुक्तको दौडमा निर्वाचन आयोगका आयुक्त नरेन्द्र दाहाल पनि दाबेदार थिए। यस्तै, बैठकले समावेशी आयोगकाे सदस्यमा विष्णुमाया ओझाको नाम सिफारिस गरेको छ। बैठकमा प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा भने अनुपस्थित रहे। देउवाको अनुपस्थितीमा परिषद्ले बहुमतका आधारमा निर्णय लिएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->