शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

एनआरएनए स्कटल्याण्डको ‘हिल वाक’ भब्य !

एनआरएनए स्कटल्याण्डको ‘हिल वाक’ भब्य !


  • Dhorpatan News
  • चैत्र ११ २०७५, सोमबार
स्कटल्याण्ड, ११ चैत – एनआरएनए स्कटल्याण्ड राज्य समन्वय समितिले स्कटल्याण्डको प्रख्यात डुमएट हिल, स्टरलिङमा  आइतबार आयोजना गरेको हिल वाक इभेन्ट भब्य रुपमा सम्पन्न भएको छ । करिब सय जना भन्दा बढी सहभागिता रहेको   एनआरएनए स्कटल्याण्डको नौलो तरिकाको हिल वाक इभेन्टले एनआरएनएप्रति सचेतना जगाएको एनआरएनए  स्कटल्याण्डका अध्यक्ष मोहन कार्कीले बताए । “एनआरएनए  स्कटल्याण्डको यो पहिलो पब्लिक कार्यक्रमले  सहभागीहरुमाझ एनआरएनएप्रति सकरात्मक भावना जगाएको र यसले एनआरएनएको सदस्यता बिस्तार र संगठन  बिस्तारमा सहयोग पुगेको छ ” अध्यक्ष कार्कीले बताए । हिल वाक इभेन्टबाट सहायता कोषको लागि सहयोग संकलन भएको र  सहयोग संकलन क्रम जारी नै रहेको छ।उक्त कोषबाट संकलित सहयोग आपतकालीन र मानव कल्याणको क्षेत्रमा प्रयोग गरिनेछ।
उक्त  हिल वाक शुरु हुनु भन्दा पहिले  एनआरएनए स्कटल्याण्डका सचिब कृष्ण दाहालले  हिल वाकको बिबरण, स्वास्थ्य, सुरक्षाबारे जानकारी दिए । डुमएट हिलमा पाँच माइलको हिडाईको लागि करिब दुई घण्टा लागेको थियो। एनआरएनए युकेका उपाध्यक्ष ललित न्यौपाने सहित  उक्त कार्यकममा स्कटल्याण्डको बिभिन्न स्थानहरु एडिनब्रा, ग्लासगो, एबर्डिन, फलक्रिक, फाइफ, पर्थ ,डनफर्मलिन र स्टरलिङबाट सहभागिता रहेको कार्यक्रम संयोजक राम बगालेले बताए ।
हिल वाक इभेन्टमा भिजिट नेपाल २०२० को प्रचार समेत गरिएको छ। उक्त  इभेन्टमा अध्यक्ष कार्कीले प्रयोजन गर्नु भएको भिजिट नेपाल २०२०को प्रचार सामग्री कार स्टिकर वितरण गरिएको थियो। एनआरएनए  स्कटल्याण्डका अध्यक्ष कार्कीले  स्कटल्याण्डका प्रत्येक एनआरएनएले आफ्ना साथीलाई नेपाल भ्रमण गर्न प्रोत्साहन गरे नेपालको पर्यटन ब्यबसायमा सहयोग पुग्ने बताए । एनआरएनए  स्कटल्याण्डले भिजिट नेपाल २०२० को प्रचार को लागि नेपाली दुतावास र पर्यटन बोर्डसंग समन्वय गरिरहेको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->