शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

नेपाललाई किर्ती स्मृति वृत्ति सम्मान

नेपाललाई किर्ती स्मृति वृत्ति सम्मान


  • ढोरपाटन संवाददाता
  • चैत्र १२ २०७५, मंगलबार

पोखरा, १२ चैत -अग्रज पत्रकार किशोर नेपाल किर्ती स्मृति पत्रकारिता वृत्ति सम्मान २०७५’ बाट सम्मानित हुने भएका छन् । नेपाल पत्रकार महासंघ कास्की शाखाद्धारा संचालित तथा उद्योगपति सूर्यबहादुर केसी र उहाँकी धर्मपत्नी प्रेमकुमारी केसीद्धारा स्थापित सूर्य प्रेम बहुउदेश्यीय समाजसेवा ट्रष्टद्धारा स्थापित सम्मानसँगै १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगद पनि समेटिएको छ । यो पत्रकारलाई दिइने मोफसलकै ठूलो धनराशीको सम्मान हो ।
पुरस्कार यही चैत १९ गते नेपाललाई प्रदान गरिने नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार नेपाल पत्रकार महासंघका पूर्व उपाध्यक्ष बद्रिविनोद प्रतिकको संयोजकत्वमा गठित प्रतिभा छनौट समितिको सिफारिस अनुसार महासंघ कास्कीको सोमबार बसेको बैठकले नेपाललाई सम्मानित गर्ने निर्णय गरेको हो । समितिमा पत्रकार महासंघ कास्कीका निवर्तमान अध्यक्ष रामकृष्ण ज्ञवाली, सल्लाहकार रमेश पौडेलसहित अध्यक्ष श्रेष्ठ र सचिव रामप्रसाद तिमिल्सिना सदस्य रहेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->