शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

कर्णालीको विकास-सरकारको उच्च प्राथमिकतामा : प्रम ओली

कर्णालीको विकास-सरकारको उच्च प्राथमिकतामा : प्रम ओली


  • Dhorpatan News
  • चैत्र १२ २०७५, मंगलबार

काठमाडौं, १२ चैत – प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीको विकासलाई सरकारले उच्च प्राथमिकतमा राखेको वताएका छन । नेपाल कम्यूनिष्ट पार्टी(नेकपा)का कर्णाली प्रदेशका साँसदहरुसँग मंगलवार सिंहदरबारमा अन्तरक्रिया गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन ।
प्रधानमन्त्री ओलीले गतबर्षको बजेट बिनियोजनमा कर्णालीका महत्वपूर्ण योजनाहरु छुटेको बताउंदै यसपाली कर्णालीलाई प्राथमिकतामा राखिने बताए । “गतबर्ष कर्णाली प्रदेशका जिल्लालाई योजना र बजेट दिन छुटेको सही हो तर यसपाली त्यो क्रम दाहोरिदैन।” प्रधानमन्त्री ओलीले भने, “सरकारले कर्णाली प्रदेशको विकासलाई उच्च प्राथमिकतामा राख्दछ ।”

प्रधानमन्त्री ओलीले जनसंख्याका आारमा मात्र स्रोतको परिचालन भन्ने कुरा जायज नभएको बताए । “कर्णालीको भूगोलको विशिष्टता बेग्लै छ” प्रधानमन्त्री ओलीले भने, “यस भूगोललाई विशेष रुपमा बजेट विनियोजन गरेर विकासको मुल प्रवाहमा ल्याउनु पर्दछ ।”
कर्णाली सम्भावनायुक्त प्रदेश भएकोले देशको विकास र समृद्धिमा यस प्रदेशको भूमिका महत्वपूर्ण हुने भनाइ थियो । “यहाँको खनिज, जलस्रोत, जडिबुट्टीको उपयोगका लागि पनि यस प्रदेशको विकासमा सबैको ध्यान जान जरुरी छ ।” प्रधानमन्त्री ओलीले कर्णालीको समग्र विकास र जिल्लागत विकासका आयोजनाहरुको विवरण बैसाखको पहिलो हप्ता भित्र आफूलाई र सम्बन्धित मन्त्रालयलाई उपलब्ध गराउन साँसदहरुलाई निर्देशन दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->