बागलुङ,१३ चैत -बजारमा म्याद सकिएको वियर एवं पेय पदार्थहरु बिक्रि वितरण भईरहेकोले सजक हुन उपभोक्ता मञ्च बागलुङले सबैलाई आग्रह गरेको छ । मानव स्वास्थ्यमा प्रतिकुल असर पर्ने खालका कि◊फिसर बियर एवं पेय पदार्थहरु बागलुङका सहरहरुका म्याद सकिएको अवस्थामा बिक्रि बिरतण भएका फेला परेकोले सचेत हुन राष्ट्रिय उपभोक्ता मञ्च बागलुङ एक प्रेस विज्ञप्ती प्रकाशित गरी आग्रह गरेको छ ।
म्याद नाघेका बिभिन्न ब्रान्डका वियर तथा पेय पदार्थहरु बिक्रि वितरण भईरहेकोले जिल्लाभित्रका व्यापारी, होटल,लजहरुले त्यस्ता बस्तुहरु कम्पन्नीमा फिर्ता गरी नष्ट गर्न मञ्चका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठद्धारा हस्ताक्षरीत बिज्ञप्तीमा उल्लेख गरिएको छ । उपभोक्ता संरक्षण ऐन २०५४ नियमावली २०५६ बमोजिम उपभोक्ताको स्वास्थ्यमा प्रत्येक्ष वा अप्रत्येक्ष रुपमा असर पर्ने खालका गतिविधि गर्न नपाई कानुनी व्यवस्था भए अनुसार म्याद नाघेका बस्तु बिक्रि बितरण नगर्न अनुरोध गरिएको छ ।
अनुगमनको क्रममा एक हप्ता अगाडि गल्कोट क्षेत्रका करिव १५ लाख रुपैय“ा बरावरको म्याद सकिएको कि◊फिसर बियर पाईएको र त्यही बियर बागलुङ बजारमा समेत फेला परेकोले तत्काल हटाउन श्रेष्ठले बिज्ञप्ती मार्फत आग्रह गर्नुभएको छ । आगामी दिनमा अनुगमनको क्रममा त्यस्ता म्याद नाघेका बस्तुहरु फेला परेमा कानुन बमोजिम कारबाही गरिने बताईएको छ । यस बिषयमा प्रशासन,प्रहरी र स्थानीय तहलाई समेत ध्यानाकर्षण गराईएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।




