मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

दृष्टिबिहीन विद्यार्थीलाई स्कुल ब्याग वितरण

दृष्टिबिहीन विद्यार्थीलाई स्कुल ब्याग वितरण


  • ढोरपाटन संवाददाता
  • चैत्र १४ २०७५, बिहिबार

कुश्मा, १४ चैत -गुडनेबर्स इन्टरनेशनल, पर्वतले दृष्टिबिहीन बालबालिकालाई स्कुल ब्याग वितरण गरेको छ । आफ्नो स्थापना दिवसको अवसरमा शिवालय माध्यमिक विद्यालय कुश्मामा रहेको दृष्टिबिहीन श्रोत कक्षामा अध्ययनरत २५ जना छात्रछात्रालाई स्कुल ब्याग उपलब्ध गराएको हो । संस्थाको २८ औं स्थापना दिवसको अवसरमा बिहीबार एक कार्यक्रमको विच कुश्मा नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष रुद्र गिरीसहितका अतिथिहरुले विद्यार्थीहरुलाई ब्याग वितरण गरेका थिए। प्रमुख अतिथि वडा अध्यक्ष गिरीले गुडनेबर्स इन्टरनेशनल पर्वतले शिक्षाक्षेत्रमा गरेको रचनात्मक कामको प्रशंसा गरे। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वर गिरीले संस्थाको यस प्रकृतिको सहयोगले दृष्टिबिहीन विद्यार्थीको शैक्षिक गतिविधि सञ्चालनमा सकारात्मक सहयोग पुग्ने विचार ब्यक्त गरेका थिए।
कार्यक्रममा गुडनेबर्स इन्टरनेशनल, पर्वतका जिल्ला संयोजक खेम रोकायाले आफ्नो संस्थाको स्थापना दिवसमा बालबालिकाहरुलाई थोरै भएपनि सहयोगगरेको र आगामी दिनमा पनि कठिन अवस्थाका बालबालिकाले सहज ढंगले शिक्षा हासिल गर्न पाउने वातावरण सुनिश्चित गर्न संस्थागतरुपमा लागिरहने प्रतिबद्धता व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->