बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बिपन्न महिलालाई सहुलियतमा ऋण

बिपन्न महिलालाई सहुलियतमा ऋण


  • Dhorpatan News
  • चैत्र १४ २०७५, बिहिबार

पोखरा, १४ चैत -आर्थिक रुपले बिपन्न, एकल र अपाड्ड महिलाहरुलाई पोखरा महानगपालिकाले सहुलियतमा ऋण प्रवाह गरेको छ । महिलाहरुलाई आर्थिक रुपमाले आत्मनिर्भर बनाउन पोखरा महानगरले उपमेयरसंग महिला कार्यक्रम अन्तरगत बिहिवार पोखरा वडा नं २३ का महिलाहरुलाई ऋण प्रवाह गरिएको हो । पोखरा महानगरपालिका वडा नम्वर २३ घाटिछिनाको प्रभाकारी महिला विकास वचत तथा ऋण सहकारी संस्था मार्फत रकम वितरण गरिएको हो । सहकारीको सहकार्य गरी पोखरा महानगरपालिका उपमेयर मञ्जुदेवी गुरुङले ११ जनालाई रकम हस्तान्तरण गरेकी हुन् ।
उपमेयर गुरुङले महिलालाई सहकारीसंग सहकार्य गरेर ९ लाख रुपैया ऋण लगानी गरेकी हुन् । बिपन्न, एकल र अपाङग महिलालाई ऋण लगानी गर्नुपर्ने कार्यविधिमा उल्लेख रहेको छ । सोही कार्यविधिमा रहेर सहकारीले आह्वान गरेको प्रस्तावमा ११ जनाले ऋणका लागि निवेदन दिएको र उनीहरुलाई रकम वितरण गरिएको प्रभावकारी महिला सहकारीका संस्थाका अध्यक्ष लोककुमारी क्षेत्रीले जानकारी दिइन् ।
सहकारीले तीन प्रतिशत व्याजमा ऋण महानगरबाट प्राप्त गर्ने र ६ प्रतिशत व्याजमा लक्षित सम’दायका व्यक्तिलाई लगानी गनर्’पर्ने व्यवस्था कार्यविधिले गरेको उपप्रमख मञ्जदेवी गुरुङले बताइन् ।  गुरुङले रकम वितरण गदै उपमेयरसंग महिला कार्यक्रमले महिलालाई आत्मनिर्भर र आर्थिक रुपमा सवल, सक्षम बनाउने विश्वास ब्यक्त गरिन् । उनले थोरै पैशाले लगानी गरेर केही गर्छ’ भन्ने महिलाका लागि उपमेयरसंग महिला कार्यक्रमले सहयोग पुग्ने  बताइन। उनले विगतमा महानगरले महिलाका लागि धेरै कार्यक्रम संचालन गरेपनि उपलब्धि मूलक नभएको बताउदै सिप सिकेर बसेका महिलालाई उद्यमी बनाउदै आत्मनिर्भर गराउने योजना सहित कार्यक्रम ल्याएको बताइन्।
प्रभावकारी महिला वचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष टोपलीदेवी पराजुलीले रकम प्राप्त गर्नेहरुले सहि सदुपयोग गर्न आग्रह गर्दै समयमै ऋण चुक्ता गर्न आग्रह गरिन् । नारायणी कुवँरले जागीर भन्दा व्यवसाय गरेर अगाडी बढदा राम्रो हुने बताउदै रकमकोे सहि सदुपयोग गरेर प्रतिफल प्राप्त गर्न सुझाव दिइन् । प्रभावकारी सहकारीका कोषाध्यष राधादेवी गुरुङले वडा नम्वर २३ नमुना बन्नुपर्ने बताउदै उपमेयरसंग महिला कार्यक्रमबाट आर्यआर्जनमा बृद्धि गदै सक्षमा हुनुपर्नेमा जोड दिइन् । सन्तबहादुर भुजेलले महिलालाई अगाडी बढाउने काम उपमेयरसंग महिला कार्यक्रमले गरेको बताउदै नमूना बनाउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->