मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

महोत्सवको तयारी तीब्र

महोत्सवको तयारी तीब्र


  • ढोरपाटन संवाददाता
  • चैत्र १५ २०७५, शुक्रबार

पोखरा, १५ चैत – आलु गाउँको रुपमा परिचित हेमजामा बिगत दश बर्षदेखि सञ्चालन हुदै आएको दशौं राष्ट्रिय हेमजा आलु महोत्सव–२०७५ को तयारी तीब्र भएको आयोजक सस्था बिष्णु पादुका क्लबले जनाएको छ ।
‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाऊँ, आलु एक परिकार अनेक’ भन्ने मुल नाराका साथ महोत्सव यही चैत २२ देखि बैशाख १ गतेसम्म बिष्णुपादुका खेल मैदान हेमजामा हुदै छ ।
कृषि विकास निर्देशानलय गण्डकी प्रदेश मालेपाटन पोखराको सह–आयोजनामा हुने महोत्सवको तयारीमा हेमजाको बिभिन्न ठाउँमा स्वागत गेट बनाइएको छ । आकर्षणहरुमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको ठुलो पहाड निर्माण, आलुका विभिन्न परिकार, विविध सांस्कृतिक कार्यक्रम जापानीय सुन्तला, च्याउ, कफी, चियाको बिक्री एवम् प्रदर्शनी, कृषि बीउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी लगायत रहेका छन् ।
हेमजामा उत्पादित आलु तथा अन्य ताजा तरकारीको प्रदर्शन तथा प्रचारप्रसार गर्ने, हेमजालाई व्यवसायिक कृषि क्षेत्रको रुपमा देश विदेशमा चिनाउने, कोल्ड स्टोर्स निर्माण गर्नु महोत्सवको उदेश्य रहेको छ ।
महोत्सवमा ४० वटा कृषि प्रदर्शनीका स्टल, १५ वटा कृषि उत्पादन बिक्री वितरण स्टल, ३५ वटा व्यापारिक स्टल, १५ वटा आलु तथा कृषि उत्पादनका परिकार स्टल, दुई प्राथमिक उपचार, पाँच बैकिङ कारोवार तथा पाँच वटा मनोरञ्जन स्टल रहने मेला मुल आयोजक समितिका संयोजक कृष्ण खड्काले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->