
पोखरा, १५ चैत – पोखरामा प्याराग्लाइडिङ दुर्घटनाको श्रृंखला अझै रोकिएको छैन । पोखराको आकाशमा बिहीबार पनि एक प्याराग्लाडिङ दुर्घटनामा प¥यो । व्यावसायिक उडान भर्ने क्रममा भएको दुर्घटनामा ४५ वर्षीया चाइनिज नागरिक टाङ फुरोङ घाइते भइन् । उनलाई हिमालयन फ्रण्टियर कम्पनीका पाइलट महेन्द्र नेपालीले सराङकोटको गोठादीबाट उडाएका थिए । प्याराग्लाइडिङ रुखमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेको यहाँको मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको छ । पोखरा आउने चाइनिज पर्यटकहरुको पहिलो रोजाई यहाँको आकासमा प्याराग्लाइडिङ गर्नु हो ।





