शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

भारत र चीन जोड्ने रेलमार्गको एक वर्षभित्र डीपीआर: मन्त्री महासेठ

भारत र चीन जोड्ने रेलमार्गको एक वर्षभित्र डीपीआर: मन्त्री महासेठ


  • Dhorpatan News
  • चैत्र १६ २०७५, शनिबार

काठमाडौँ, १६ चैत – भौतिक योजना मन्त्री रघुबीर महासेठले एक वर्षभित्र भारत र चीन जोड्ने रेलमार्गको डीपीआर तयार हुने बताएका छन् । लगानी सम्मेलनको दोस्रो दिन छलफल सत्रमा भाग लिंदै मन्त्री महासेठले एक वर्षमा दुवै रेलमार्गको डीपीआर हुने बताएका हुन् । नेपालले चीनसँग केरुङ-काठमाडौं र काठमाडौं-रक्सौल रेगमार्ग बनाउने योजना बनाएको छ । यातायातका वैकल्पिक मोडलका रुपमा केबल कार, इ-भेहिकल जस्ता पूर्वाधार निर्माण गर्ने अवसर रहेकोतर्फ उनले लगानीकर्ताको ध्यानाकर्षण गराए ।
पूर्वाधार विकासमा आधुनिक प्रविधिको खाचो छ, उनले भने, छिमेकी मुलुकसग मिलेर विकास गर्न चाहन्छौं । उनले यातायात क्षेत्रमा विभिन्न मोडलमा विदेशी लगानी भित्र्याउन तयार रहेको बताउँदै लगानीकर्तालाई आग्रह गरे । छलफल सत्रमा बोल्नेहरुले नेपालमा यातायात पूर्वाधार निर्माणमा धेरै काम गर्न बाँकी भएकाले लगानीको लागि अवसर भएको धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->