मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

मन्त्री अधिकारीलाई श्रद्धाञ्जली अर्पण गर्न पोखरामा जनसागर

मन्त्री अधिकारीलाई श्रद्धाञ्जली अर्पण गर्न पोखरामा जनसागर

(फोटो फिचर सहित )


  • Dhorpatan News
  • फाल्गुन १७ २०७५, शुक्रबार

पोखरा, १७ फागुन – ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परि बुधबार निधन भएका पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्न पोखरामा जनसागर नै उर्लियो । तीन पटक कास्कीबाट सांसद जितेका युवा नेता अधिकारी लोकप्रिय मानिन्छन् । उनको लोकप्रियता उनलाई अन्तिम श्रद्धाञ्जली दिन उर्लिएको मानव सागरले पनि देखाइरहेको छ । उनको शव दाहसंस्कारका लागि नेपाली सेनाको स्काइ ट्रकबाट शुक्रबार दिउँसो पोखरा पुर्‍याइएको छ । मौसम सफा भएकाले अधिकारीलाई श्रद्धाञ्जली दिन गाँउ गाउँबाट सर्वसाधारण पोखरा आएका छन् । श्रद्धाञ्ली दिन आउनेमध्ये कतिपय निकै भावुक देखिएका छन् । नयाँ बजार क्षेत्रमा सवारीको चाप छ । स्व. मन्त्री अधिकारीलाई श्रद्धाञ्जली दिन तथा शवयात्रामा सहभागी हुन् सरकारका तर्फबाट उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल पोखरा पुगेका छन् । उनीसँग नेपाल सरकारका केही मन्त्री पनि पोखरामा छन् । यस्तै नेकपाको तर्फबाट श्रद्धाञ्जली दिनका लागि महासचिव विष्णु पौडेलको नेतृत्वमा प्रवक्ता नारायणकाजी श्रेष्ठ, वामदेव गौतमलगायतका नेताहरु पोखरा पुगेका छन्। स्व. अधिकारीका बुवा-आमा भने बिहीबार नै पोखरा फर्किसकेका थिए । मन्त्री र नेताहरूले श्रद्धाञ्जली दिएपछि सर्वसाधारणलाई पालो दिइएको छ । दामोदर वैरागीले स्व. अधिकारीको जीवनी पढेर सुनाएपछि २ मिनेट मौनधारण गरिएको थियो । मैदानमा सेना र प्रहरीको बाक्लो उपस्थिति छ । मैदान र नयाँ बजार क्षेत्र गरि अधिकारीको शवयात्रा सम्मकालागि ६ सय जना प्रहरी परिचालित छन् । प्रदर्शनी केन्द्रमा श्रद्धाञ्जली दिन र शव हेर्न पुग्नेको घुइँचो छ । शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि प्रदर्शनी केन्द्रबाट महेन्द्रपुल, रानीपौवा, हस्पिटल चोकहुँदै रामघाटमा लगेर अन्त्येष्टी गरिनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->