मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

रवीन्द्रको नाम जोडेर चरित्र हत्या गरियो-वामदेव गौतम

रवीन्द्रको नाम जोडेर चरित्र हत्या गरियो-वामदेव गौतम


  • Dhorpatan News
  • फाल्गुन १८ २०७५, शनिबार

पोखरा, १८ फागुन – पूर्व उपप्रधानमन्त्री तथा नेकपा सचिवालय सदस्य वामदेव गौतमले असमायिक निधन भएका रवीन्द्र अधिकारीको निर्वाचन क्षेत्रसँग आफ्नो नाम जोडेर चरित्र हत्या गरेको भन्दै आपत्ति जनाएका छन्। केही अनलाइन मिडियाले ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा निधन भएका नेकपा प्रतिनिधिसभा सदस्य अधिकारीको निर्वाचन क्षेत्रमा वामदेवले उम्मेदवारी दिने तयारी गरेको भन्दै समाचार लेखेपछि विज्ञप्ति सार्वजनिक गर्दै गौतमले आपत्ति जनाएका हुन्।
‘फेरि कुत्सित उद्देश्य प्रेरित कुप्रचार मेराविरुद्ध सुरु भयो। नेपाली राजनीतिक आकाशका उज्वल भविष्यसहित उदाएका मेरा प्रिय कमरेड रविन्द्र अधिकारीको असामयिक निधनवाट ठूलो धक्का महसुस गर्दै श्रद्धान्जली दिन पोखरा पुगेको घटनालाई आधार बनाएर मलाई दिवंगत रविन्द्रको निर्वाचन क्षेत्रवाट उमेदवार वन्ने आशा राखेको आरोप लगाइएको छ’, शनिबार विज्ञप्ति सार्वजनिक गर्दै गौतमले भनेका छन्, ‘यो मेरो चरित्र हत्या गर्ने निकृष्ट र षडयन्त्रमूलक विचार राखेर सुरु गरिएको कुप्रचार मात्र हो।’
गौतमले यस्तो निर्णय पार्टीले गरे पनि आफूले स्वीकार नगर्ने प्रष्ट पारेका छन्। उनले मृत्युको शोकमा व्यक्तिगत स्वार्थ पूरा गर्ने विचारलाई आफूले कहिल्यै मान्यता नदिएको प्रष्ट पारे। ‘मृत्यु शोकमा पाइला टेकेर व्यक्तिगत स्वार्थ पूरा गर्ने विचारलाई मैले कहिल्यै मान्यता दिइन जीवनभर दिने पनि छैन’, ‘मेरो इच्छाविपरित पार्टीले निर्णय गरेछ भने पनि माननीय कमरेड रवीन्दको दुखद निधनबाट खाली भएको निर्वाचन क्षेत्रमा उमेदवार बन्ने छैन।’ गौतमले आफ्नो प्रयास उनकै परिवारका सदस्यलाई उम्मेदवार बनाउनतर्फ रहने प्रष्ट पारेका छन्। ‘मेरो सम्पूर्ण प्रयत्न स्व.क.रवीन्द्रको परिवार सदस्यलाई नै उमेदवार बनाउन लगाउने छु’, विज्ञप्तिको अन्तिममा गौतमले भनेका छन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->