मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

बस्ती जोगाउनका लागि नदीजन्य वस्तुको स्थानान्तरण

बस्ती जोगाउनका लागि नदीजन्य वस्तुको स्थानान्तरण

बगरफाँटलाई जोगाउनका लागि म्याग्दी नदीका नदीजन्य वस्तुलाई स्काभेटरको माध्यमद्धारा गाउँतर्फ स्थानान्तरण


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १८ २०७५, शनिबार

म्याग्दी, १८ फागुन – म्याग्दी नदीको कटानका कारण उच्च जोखिममा परेको म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटलाई जोगाउनका लागि म्याग्दी नदीका नदीजन्य वस्तुलाई स्काभेटरको माध्यमद्धारा गाउँतर्फ स्थानान्तरण गरी गाउँ संरक्षण गर्ने काम शुरु भएको छ ।२०५७ सालमा म्याग्दी नदीमा आएको बाढी र त्यसपछि निरन्तर रुपमा म्याग्दी नदीको कटानका कारण गाउँ नै जोखिममा परेपछि विगतका वर्षहरुमा सामान्य ग्याविन जालीको प्रयोग गरी नियन्त्रणको प्रयास गरिएको भएपनि त्यो प्रभावकारी भएको थिएन ।
करिव २ सय घरधुरीको बसोबास रहेको बगरफाँट गाउँ हिउँदमा खतरामुक्त रहेपनि वर्खामा भने नदी कटानका कारण सधै जोखिममा रहने गरेको स्थानीयले बताएका छन् । यस वर्ष स्थानीय पूर्वाधार तथा साझेदारी कार्यक्रममार्फत प्राप्त रु १० लाखबाट नदीजन्य वस्तुहरुको स्थानान्तरण गराइ उच्च जोखिममा रहेका बगरफाँटका पलाँसे, खहरेखोला, हरिहर शिवमन्दिर क्षेत्र र जरुवामा संरक्षणको काम थालिएको बगरफाँट, म्याग्दीखोला नदी नियन्त्रण योजना उपभोक्ता समितिका अध्यक्ष नारायण कार्कीले बताए ।
अध्यक्ष कार्कीका अनुसार म्याग्दी नदीको धार परिवर्तन नहुने गरी बेनी नगरपालिका वडा नं ६ डम्मराका वासिन्दाहरुको आपसी सहमतिमा म्याग्दी नदीको करिब पाँच मिटर क्षेत्रबाट स्काभेटरको प्रयोग गरी नदीजन्यवस्तु (ढुङ्गा,गेगर,वालुवा) आदि निकालेर बगरफाँट क्षेत्रमा स्थानान्तरण गरिएको हो ।नदीले बगरफाँटको करिब १ सय ५० रोपनी क्षेत्रफलको जग्गा कटान गरेर बगाइ सकेको छ भने खहरेखोला,हरिहर शिवमन्दिर क्षेत्र,पलासे र जरुवा उच्च जोखिममा परेका छन् । गरफाँट सदरमुकाम बेनीबजारसंगै जोडिएको कृषिका लागि उर्वर फाँट भएको गाउँ हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->