बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

एसइई परीक्षाको अनुगमन र शिक्षाको गुणस्तर

एसइई परीक्षाको अनुगमन र शिक्षाको गुणस्तर

सामुदायिक बिद्यालयको पढाइको गुणस्तर कस्तो छ साँच्चै राम्रोसँग एक वर्ष पढाई भयो कि भएन भनेर बेलाबेलामा अनुगमन गर्न प्रमुख जिल्ला अधिकारी वा जनप्रतिनिधिलाई केले रोकेको छ ?


  • राजेशचन्द्र राजभण्डारी
  • चैत्र १८ २०७५, सोमबार

अहिले देशभर माध्यमिक शिक्षा एसइई परीक्षा चलिरहेको छ । अहिले लाखौँ विद्यार्थी परिक्षामा सहभागी छन् ।अहिले भइरहेको परीक्षा कसरी चलिरहेको छ भनेर परिक्षा केन्द्रको अनुगमन पनि तीब्र गतिमा चलिरहेको छ ।बागलुङ जिल्लामा पनि यतिबेला परीक्षा अनुगमन चलिरहेको छ । बागलुङ सदरमुकामदेखि पश्चिम बुर्तिवाङसम्म प्रमुख जिल्ला अधिकारी, जिल्ला शिक्षा अधिकारी जनप्रतिनिधिदेखि शिक्षक पुगेर तामझाम गरिरहेका छन् ।

१० बर्षसम्म पढेका बिद्यार्थीले अहिले आफ्नो जीवनको पनि परीक्षा दिइरहेका छन् भनेर भन्दा फरक नपर्ला ।अहिले सुरू भएको एसइई परीक्षा मात्रै ३ घण्टामा लेखेर बुझाउनुपर्ने बाध्यता आफ्नो ठाउँमा छ ।परीक्षा भनेको शान्त वातावरणमा निश्चिन्त रूपमा दिनुपर्ने हो । अहिले प्रत्येक क्षणक्षणमा हुने अनुगमनले साँच्चै भन्ने हो भने नकारात्मक असर पु¥याएको देखिन्छ ।यसपटकको परीक्षा अनुगमनको लागि बागलुङ जिल्लामा ८८६ जना घोषित रूपमै अनुगमनकर्ता तोकिएका छन् । यतिबेला जिल्लामा संचालन भएको परीक्षा हेर्ने भनेर परीक्षा हलमा एकसाथ दर्जनौं अनुगमनकर्ता छिरेर एसइई परीक्षा दिइरहेका बिद्यार्थीलाई मानसिक यातना दिने काम भएको देखिन्छ ।यतिबेला के कोलागि अनुगमन भनेर प्रश्न उठेको छ ।

सामुदायिक बिद्यालयमा गुणस्तरीय पढाइ भयो कि भनेर प्रत्येक बिद्यालयमा नियमित अनुगमन गर्ने परिपाटी भएको भए आज यो परीक्षा अनुगमनको नाटक मन्चन गर्नुपर्ने थिएन । यतिबेला प्रमुख जिल्ला अधिकारीदेखि जिल्लाका हर्ताकर्ता भनेर चिनिनेहरू परीक्षा हलमा जाने आफूले अनुगमन गरेको फोटो सामाजिक संजाल फेसबुकमा राखेर जिल्लामा ठूलो परिवर्तनको काम गरेको भनेर दुनियाँ लाई देखाउने काम गरिएको छ ,जुन सरासर गलत हो भनेर भन्दा फरक पर्दैन होला । नेपाली एउटा उखान छ, ‘काम कुरा एकातिर कुम्लो बोकी ठिमीतिर’ भनेझँै अहिले नेपालको शिक्षा नीति नै गलत साबितहुँदै गइरहेको बेला अनुगमन के को लागि भनेर प्रश्न गर्दा एक त अनुगमनको नाममा आउने भत्ता पचाउन जिल्लाका प्रमुख जिल्ला अधिकारी सहितको टोलीलाई लगेपछि टन्टै सकिने । अर्कोतिर, सरकारलाई काम देखाएको जस्तो पनि हुने अनि परीक्षा संचालनको लागि आएको बजेट ‘कालेकाले मिलेर खाउँ भाले’ भनेजस्तै गरेर खाने पुरानो प्रचलन अझैसम्म कायमै छ भन्ने उदाहरण पनि हो ।

बागलुङ जिल्लामा एसइई गणित बिषयको परीक्षा बिग्रेको भनेर सिगाना माध्यमिक बिद्यालयमा अध्ययन गर्ने एकजना बिद्यार्थीले घरमा गएर आत्महत्या गरे । किन आजकलका बिद्यार्थी यसरी आत्महत्या गर्न डर मान्दैनन् त भनेर यो प्रश्नको जवाफ खोज्नेतर्फ अनुगमनकर्ता लाग्नुपर्छ कि पर्दैन ? दशाँै बर्ष पढेर परीक्षा दिँदा समेत अझै बिद्यार्थीलाई परीक्षा उत्तीर्ण गर्न हम्मेहम्मे परेको देखिन्छ ।
नेपालमा शिक्षाको क्षेत्रमा ठूलो परिवर्तन गरेको भनेर दावी गर्ने निजी क्षेत्रका विद्यालय समेत प्रत्येक बर्ष आफ्नो बिद्यालयमा अध्ययनरत बिद्यार्थी लाई सिट प्लानिङ गरेर सेटिङ मिलाएर एकले अर्को विद्यार्थीले लेखेको सार्ने गरेको कुरा पुरानो भइसकेको छ । यो प्रचलन अझैसम्म बागलुङदेखि राजधानीसम्म कायमै छ ।
अहिले एसईई परीक्षाको नतिजामा आफ्नो बिद्यालयका सबै बिद्यार्थी ए ंल्याएको भनेर पत्रिकामा बिज्ञापन छापेर समाजमा रहेका मान्छेहरूको बुद्धि दिमाग भुटेर आफ्नो आफ्नो व्यावसायीक धन्दा संचालन गर्ने नै हो दुई चार जनाको फोटो देखाएर लुटको धन्दा संचालन गर्नेहरू धेरै छन् । यो कुरा जिल्लामा शिक्षासँग सरोकार राख्ने सबैलाई थाहा नहुने कुरा भएन । तर, पनि नेपालमा लुटपाटको धन्दा मजाले चलिरहेको छ यो सजिलोसँग रोकिने पनि छैन ।

सामुदायिक बिद्यालयको पढाइको गुणस्तर कस्तो छ साँच्चै राम्रोसँग एक वर्ष पढाई भयो कि भएन भनेर बेलाबेलामा अनुगमन गर्न प्रमुख जिल्ला अधिकारी वा जनप्रतिनिधिलाई केले रोकेको छ ? जुन बेला जतिबेला अनुगमन गर्नुपर्ने हो निरक्षण गर्नुपर्ने हो त्यो गर्नु छैन, अहिले काम पाइनस् बुहारी पाडोको खै के कुन्नि कन्याई भनेझैँ भएको छ । यतिबेला साँच्चै अनुगमन गर्ने नाममा परीक्षा हलभित्र पसेर आफ्नो फोटो खिचेको हालेर बहादुरी गरिरहेको देखिन्छ ।साँच्चै सरकारी सेवा सुबिधा लिएर जुनखालको हरकत अहिले एसइई परीक्षा को अनुगमनको क्रममा देखिएको छ, यसलाई बन्द गर्न जरुरी छ । कसैले अनियमितता गरेको ठहर हुन्छ भने त्यसलाई कानूनी कार्वाही गर्ने अधिकार दिएको छ । सरकारले यसलाई लागू गराउन सके पुग्छ । अहिले केही पैसा भत्ता खाने नाममा परीक्षा हलमा अनुगमनको आतंक मच्चाउने काम भइरहेको गुनासो विद्यार्थी अभिभावक र शिक्षकबाट सुनिन आएको छ । अब यस्तो खालको नाटक मंचन गर्ने काम गर्नुभन्दा शिक्षाको गुणस्तर बनाउने भूमिका अहिले देखि नै खेल्न जरुरी देखिन्छ ।शिक्षा, स्वास्थ र रोजगारी नेपाली जनताको मौलिक हक भित्र पर्छ भनेर भनिन्छ तर नेपालमा सबैभन्दा महंगो भनेको अहिले शिक्षा नै भएको छ । जसले जति मन लाग्छ त्यति शुल्क लिने छुट पाएका छन् । केही बिद्यार्थी संगठनले बिरोध गरे जस्तो गर्छन् अनि केही रकम चन्दा लिएपछि आन्दोलन बन्द हुन्छ । अभिभावकले पनि निजी बिद्यालयमा जति धेरै शुल्क ति¥यो, त्यति राम्रो पढाई हुन्छ भन्ने भ्रम बोकेको देखिन्छ । अहिले मुलुकमा शक्तिशाली वामपन्थी सरकार छ । अहिले भएको बेथिति लाई रोकेर शिक्षामा सुधार गर्न सक्यो भने यसले देश र जनतालाई फाइदा हुने छ केही दलाल केही फटाहाको चंगुलमा नफसिकन काम गर्न सकेको खण्डमा अवश्य सुधार हुने देखिन्छ ।

सम्पादकीय

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->