शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

पत्रकार अधिकारी रिहा

पत्रकार अधिकारी रिहा


  • ढोरपाटन संवाददाता
  • चैत्र १८ २०७५, सोमबार

पोखरा ,१८ चैत -समाचार संकलन गर्न जाँदा पक्राउ परेका पत्रकार राजेन्द्र अधिकारी रिहा भएका छन् । अधिकारी सोमबार बिहान पृथ्वीनारायण क्याम्पसमा विप्लव निकटका विद्यार्थीहरुको विरोध कार्यक्रममा रिपोर्टिङमा गएका थिए ।
विरोध प्रदर्शनको फोटो र भिडियो खिच्नेक्रममा उनलाई प्रहरीले पक्राउ गरेको थियो । नेपाल पत्रकार महासंघ कास्कीका निवर्तमान उपाध्यक्ष समेत रहेका अधिकारी सहित प्रहरीले ३ जनालाई पक्रेर प्रहरी कार्यालयमा ल्याएको थियो ।
पत्रकार पक्राउ गरेपछि पत्रकार महासंघ सहित विभिन्न संघ संगठनको दबाबपछि उनी निःशर्त रिहा भएका हुन् । अधिकारीलाई पत्रकार महासंघको उपस्थितिमा रिहाई गरिएको महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी दिए ।
पक्राउ पर्नेमा क्रान्तिकारी विद्यार्थी संगठनका पिएन क्याम्पस संयोजक प्रकाश बास्तोला र अर्का विद्यार्थी नेता उज्वल पुन छन् । पक्राउ परेका अरु दुई विद्यार्थीमाथी प्रहरीले अनुसन्धान सुरु गरेको कास्की प्रहरी प्रमुख एसपी ओम रानाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->