शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

म्याग्दीमा नेकपाको एकता टुंगो लाग्यो

म्याग्दीमा नेकपाको एकता टुंगो लाग्यो


  • ढोरपाटन संवाददाता
  • चैत्र १८ २०७५, सोमबार

म्याग्दी ,१८ चैत- हिमाली जिल्ला म्याग्दीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता प्रक्रिया टुङ्गिएको छ ।
सोमवार बसेको नेकपा जिल्ला संयन्त्रको बैठकले ६ वटै स्थानीय तहमा एकता प्रक्रियालाई टुङ्गोमा पुर्याएको हो ।
केही दिन अघि गण्डकी प्रदेशका इन्चार्ज तथा मुख्य मन्त्री पृथ्वीसुब्वा गुरुङको समेत उपस्थिति रहेको बैठकमा हरिकृष्ण श्रेष्ठ, गोविन्द पौडेल,बालकृष्ण सुवेदी र टेकबहादुर विश्वकर्मा सदस्य रहेको कार्यदल गठन गरिएको थियो । सोही कार्यदलले एकता प्रक्रियालाई टुङ्गोमा पुर्याएको संयन्त्रका सदस्य हरिकृष्ण श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठले दिएको जानकारी अनुसार चार स्थानीय तहमा पूर्व एमालेको नेतृत्व र बेनी नगरपालिका सहित दुइ स्थानीय तहमा पूर्व माओवादी केन्द्रले नेतृत्व गर्ने गरी सहमति जुटेको हो ।
सहमति अनुसार जिल्लाका मालिका,मंगला,रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा पूर्व एमालेले नेतृत्व गर्ने छ भने बेनी नगरपालिका र धौलागिरि गाउँपालिकामा पूर्व माओवादी केन्द्रले नेतृत्व गर्ने पक्का भएको छ ।
अध्यक्ष पाएको स्थानीय तहमा सचिव स्वत अर्को पक्षको हुनेगरी सहमति जुटेको संयन्त्र सदस्य श्रेष्ठले जानकारी दिनुभयो । यसै गरी जिल्लाका २८ वडामा पूर्व एमाले र १७ वडामा पूर्व माओवादी केन्द्रले नेतृत्व गर्ने गरी सहमति जुटेको छ । स्थानीय तहमा कमिटी गठन गर्दा पूर्व एमालेका तर्फबाट ५९ र माओवादी केन्द्रका तर्फबाट ४१ प्रतिशत सदस्यहरु रहने गरी एकता टुङ्गाउने विधि निर्माण गरिएको छ ।
चैत्र २६ गते भित्र स्थानीय तहमा पार्टी कमिटीहरु गठन गरी सक्ने निर्णय भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->