बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

बिन्दबासिनीद्वारा हावाहुरी प्रभावितहरु लाई राहत

बिन्दबासिनीद्वारा हावाहुरी प्रभावितहरु लाई राहत


  • ढोरपाटन संवाददाता
  • चैत्र २१ २०७५, बिहिबार

पोखरा,२१ चैत -बिन्दबासिनी धार्मिक क्षेत्र विकास समितिले हावाहुरी प्रभावितहरु लाई राहत प्रदान गर्ने भएको छ । समितिको बैठकले १ लाख १ हजार सहयोग गर्ने निर्णय गरेको हो । बारा र पर्सामा बिनासकारी हावाहुरीका कारण घरबार बिहीन र घाइतेको उपचारका लागि सहयोग स्वरुप सहयोग गरेको समितिका सचिव तीर्थ श्रेष्ठले जानकारी दिए । नगत सहित केही लत्ताकपडा पनि सहयोग गर्ने उनले जानकारी दिए । देशमा प्राकृतिक बिपत्तिको बेला सस्थामा पर्याप्त रकम नभएपनी सहयोग गर्न लागेको उनले बताए । सम्भव भएसम्म प्रदेश २ को सरकार मार्फत रकम पीडितहरु समक्ष्य पुर्याउने उनले बताए । त्यो सम्भव नभएमा आफुहरुनै पुगेर रकम सहयोग गर्ने श्रेष्ठले जानकारी दिए । समितिले अफ्ठारो परिस्थितिमा सहयोग गर्न सबैलाई आग्रह समेत गरेको छ । समिति मार्फत बिन्दबासिनी मन्दिर ,सस्कृत विद्यालय , जेष्ठ नागरिक आश्रम सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->