शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

पोखरा -२१ : टोलटोलमा डाक्टर र स्टेचर

पोखरा -२१ : टोलटोलमा डाक्टर र स्टेचर


  • बालकृष्ण सुबेदी
  • चैत्र २२ २०७५, शुक्रबार

पोखरा, २२ चैत – पोखरा महानगरपालिका वडा नम्बर २१ ले टोलटोलमा डाक्टर कार्यक्रम सञ्चालन गरेको छ । नागरिकलाई स्वास्थ्य शिक्षाको लागि उक्त अभियान सुरु गएिको हो । खासगरी नसर्ने रोगहरुको न्यूनीकरण गर्नको लागि अभियान सुरु गरिएको वडाध्यक्ष खगराज आचार्यले बताए। स्वस्थ्य नागरिकबिना समाज विकास असम्भव भएकोले वडामा उपलब्ध स्वास्थकर्मीको सहयोगमा कार्यक्रम चलाएको उनको भनाई छ । स्थानीय कृस्ती प्राथमिक स्वास्थ केन्द्र र निर्मलपोखरी स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीले अभियानमा साथ दिएका छन ।
वडामा आएको बजेटबाट सो कार्यक्रमको लागि ४ लाख बिनियोजन गरेको उनले बताए। आफूले पाउने सेवा सुविधा समेत उनले नलिएको सुनाए । ‘मैले प्राप्त गरेको रकम विपन्न नागरिकको उपचार र सहयोगको लागि खर्च गर्ने गरि बैंकमा राखेको छु’,उनले भने।‘ आर्थिक अभावमा स्वास्थ सुबिधाबाट वडाबासीलाई पनि वञ्चित हुन नदिने हाम्रो उदेश्य हो ।’ सडक नपुगेको बस्तिमा बिरामीलाई स्वास्थ्य सस्थासम्म पु¥याउनको लागि स्टेचर बितरण गरेको उनले जानकारी दिए । वडाको बजेटबाट प्रत्येक टोलका लागि एक थान स्टेचर बितरण गरिएको छ। महिला स्वास्थ्य स्वयमसेविकामार्फत ३७ टोलमा स्टेचर बितरण गरिएको हो । आकस्मिक दुर्घटना र गर्वभती महिलालाइ डेलिभरीको लागि सडकसम्म ल्याउन समस्या भएपछि स्टेचरले सहयोग गर्नेछ ।
नागरिकको स्वास्थ्यका लागि वडा कार्यालय र वडा अध्यक्ष स्वयंले गरेको प्रयासले स्थानीय खुसी भएका छन । ‘बिरामीलाई डोकोमा बोकेर स्वास्थ्य चौकीसम्म पु¥याउनुपर्ने अबस्था थियो’, स्थानीय अम्बिका सुबेदीले भनिन, ‘डेलिभरीको लागि डोकोमा बोक्दा असहज र पीडा हुने अवस्था बाट मुक्ति मिल्यो ।’ टोलमै स्वास्थ्यकर्मी आएर स्वास्थ्य शिक्षा दिन थालेपछि महिलाहरु खुलेर आफ्नो स्वास्थ्य समस्या स्वास्थ्यकर्मीलाई भन्न समेत थालेका छन। यौनजन्य रोगहरु लाजको कारण लुकाएर बस्ने महिलाहरु अहिले स्वास्थ्य चौकीसम्म आउने गरेको निर्मलपोखरी स्वास्थ्यचौकीका सिनियर अहेव कुश्मराज सुबेदीले बताए ।

वडा कार्यालयको अनुरोधमा टोलमा पुगेर ब्यक्तिगत आनिबानीले लाग्ने रोग र महिलाहरुमा हुने पाठेघरको समस्या र यौन रोगका वारेमा सचेतनामूलक कार्यक्रम गर्दै आएको सुबेदीले बताए । आयातित खाना र यसको असरबारे पनि स्थानीय र विद्यार्थीहरुलाइ बुझाउँदै आएको उनले बताए । खानपान र आनिबानीको कारण देखा पर्ने स्वास्थ्य समस्या न्यूनीकरण गर्न अभियान प्रभावकारी भएको उनले दावी गरे । अभियानमा महिला स्वास्थ्य स्वयंसेविकाले समेत सहयोग गर्दै आएका छन् ।

विहिबार एक कार्यक्रमको विच स्टेचर बितरण गरिएको हो । कार्यक्रममा  बोल्दै प्रमुख अतिथि पोखरा महानगरपालिकाका स्वास्थय महाशाखा प्रमुख हेमन्त शर्मा पौडेलले वडा नम्बर २१ को नमूना कामको सिको गरेर अन्य वडामा उक्त कार्यक्रम सञ्चालन गर्ने बताए । कार्यक्रममा नेपाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वडा संयन्त्र सदस्य कृष्ण थापा,वडा सदस्य सीतादेवी बिक ,नागरिक समाजका उदय राई लगाएतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->