शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बजार अनुगमनलाई तिव्रता दिँदै बागलुङ नगरपालिका

बजार अनुगमनलाई तिव्रता दिँदै बागलुङ नगरपालिका


  • ढोरपाटन संवाददाता
  • चैत्र २३ २०७५, शनिबार

बागलुङ, २३ चैत– अखाद्य पदार्थको मिसावट गरेर बिक्री गरिने चटपट तथा पानीपुरीको बिक्रीमा प्रतिबन्ध लगाएको बागलुङ नगरपालिकाले बजारमा अनुगमनलाई तिव्रता दिएको छ । नगरपालिकाको प्रतिबन्धलाई अटेर गरी विभिन्न ठाउँमा अखाद्य बस्तुको मिसावट गरी बिक्री वितरण भइरहेकाले अनुगमनलाई तिव्र पारिएको बागलुङ नगरपालिकाले जनाएको छ । प्रतिबन्धपछिपनि बजारका चोक, भित्री गल्ली, मिष्ठान्न भण्डार, मासुपसल, किराना पसल लगायतका ठाउँमा यसको कारोवार भइरहेपछि अनुगमन गरी त्यस्ता अखाद्य बस्तु नियन्त्रण गर्ने अभियान सञ्चालन गरिएको नगरपालिकाको भनाई छ । नगरपालिकाले बिहीबार र शुक्रबार बागलुङ नगरपालिकाका वडा नं. एक, दुई र तीनका विभिन्न ठाउँमा अनुगमन गरी त्यस्ता अखाद्य बस्तुहरु नियन्त्रणमा लिएको जनाइएको छ । पानी पुरी तथा चना चटपटमा प्रयोग गरी मसला तथा अमिलो पदार्थमा विभिन्न अखाद्य बस्तुहरुको मिसावट हुने गरेकाले त्यस्ता बस्तुहरु मात्र नियन्त्रण लिइएको बागलुङ नगरपालिकाका कर्मचारी हरिनारायण उपाध्यायले बताए । ‘बजारका मिष्ठान्न भण्डार, मासु पसल, किराना पसलहरुमा समेत यस्तो कारोवार गरेको पाइएको छ, हरेक पसलमा पुगेको अनुगमन टोलीले विभिन्न बस्तुहरुको मिसावट गरिएको अखाद्य बस्तु बाहेक त्यसमा प्रयोग गरिने चना, बदाम, आलु, कागती लगायतका अन्य खाद्य बस्तुहरु नियन्त्रणमा लिइएको छैन ।’ उपाध्यायले भने । नौं महिना अगाडिनै बजारमा यस्ता अखाद्य बस्तुहरुको बिक्री वितरण गर्न पटक–पटक अनुरोध गर्दा समेत अटेर गरेका कारण पसलहरुमै पुगेर अखाद्य बस्तुहरु मात्र नियन्त्रणमा लिइएको बागलुङ नगरपालिकाका प्रेस संयोजक चन्द्र गणेश पौडेलले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->