बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

चैत्रष्टमी मेला :सबै पालिकाको संस्कृति प्रर्दशन

चैत्रष्टमी मेला :सबै पालिकाको संस्कृति प्रर्दशन


  • ढोरपाटन संवाददाता
  • चैत्र २३ २०७५, शनिबार

बागलुङ, २३ चैत – कालिका भगवती गुठी व्यवस्थापन समितिको मुख्य आयोजनामा शनिबारदेखि सुरु हुने चैत्रष्टमी मेला–२०७५ को मुख्य समारोहमा जिल्लाका सबै पालिकाको बिशेष सांस्कृतिक पहिचान प्रस्तुती गरिने भएको छ । आगामी चैत ३० गते गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले उद्घाटन गर्ने मुख्य समारोहमा जिल्लाका सबै तहमा रहेका पहिचान झल्किने संस्कृती प्रर्दशन गर्न लागिएको मुल आयोजक समितिका संयोजक राजु खड्काले जानकारी दिए । खड्काले भने ‘काठेखोला गाउँपालिकाको सोरठी र जैमिनी नगरपालिकाको बिना सालैज्यु तयार भैसकेको जानकारी आएको छ ।’

कला र संस्कृतीको संरक्षण गर्नु सबैको दायित्व भएकाले मेलामा बिशेष कार्यक्रमको रुपमा पालिकाका संस्कृति प्रर्दशनी राखिएको खड्काले बताए । आगामी बैशाख २ गतेसम्म चल्ने मेलाको सबै तयारी पूरा भएको आयोजकले जनाएको छ । धौलागिरी सञ्चार क्लबले जायोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै खड्काले बिगतका बर्षमा भन्दा केही कार्यक्रमहरु फरक तरिकाले प्रस्तुत गर्न लागिएको र केही खर्च मात्रै बोक्ने कार्यक्रमहरु समावेश नगरीएको जानकारी दिए । कार्यक्रम सञ्चार क्लबका अध्यक्ष राजेशचन्द्र राजभण्डारीको अध्यक्षता सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->