शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

काठेखोलामा हिउदे बालीनाली सखाप

काठेखोलामा हिउदे बालीनाली सखाप


  • ढोरपाटन संवाददाता
  • चैत्र २३ २०७५, शनिबार

बागलुङ ,२३ चैत -काठेखोला गाउँपालिकामा शुक्रबार साँझ परेको असिना पानीले हिउदे बालीनाली सखाप पारेको छ।
असिना पानीले काठेखोला गाउँपालिका-३ धम्जा, ४ तंग्राम, ५ र ६ बिहुँमा गहुँ, जौ सखाप भएको स्थानीय प्रेम श्रीसले जानकारी दिए। काट्न ठिक्क भएको गहुँबाली,चैते मकै लगाएतका बालीनाली असिनाले नष्ट गरेको छ।

धम्जाको ओखले र असौजेमा भर्खर उम्रेका आलुका बेर्नामा पूर्ण क्षति पुगेको स्थानीयले बताएका छन। भर्खर उम्रेको आलुको बिरुवानै असिनाले छियाछिया बनाई दिएपछि वर्ष कसरी टार्ने भन्ने पिरले स्थानीय चिन्तित बनेका छन । आधा घण्टा जति निरन्तर परेको असिनापानीले वडाका अधिकांश कृषकको बालीनालिमा ठूलो क्षति पुर्‍याएको स्थानीय कुमार क्षत्रीले बताए। शुक्रबार आएको असिना पानीका कारण गहुँवालीमा क्षतिसँगै खेतवारीमै केही फिट असिना जमेको उनले बताए।

गाउँमा असिनाले ठूलो क्षति पुगेपछि स्थलगत अध्ययन गरि क्षतिको विवरण संकलन गर्न सुरु गरिएको वडा अध्यक्ष याम श्रीसले जानकारी दिए। यसबारेमा गाउँपालिकामा जानकारी गराई सकिएको उनले बताए। काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापाले असिना पानीले बालीनालीमा ठूलो क्षति पुर्‍याएको सूचना पछि स्थलगत अध्ययनका लागि हिँँडेको जानकारी दिए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->