पोखरा, २४ चैत – यस वर्षको नेपाल श्री पुरस्कार कोषबाट नेपाली राष्ट्रियता प्रवद्र्धनमा केन्द्रित आरोहण महाकाव्यका सष्ट्रालाई सम्मान गरिएको छ ।
नेपाल श्री पुरस्कार कोष हेमजा पोखरा–२५ कास्की नेपालले शनिबार एक कार्यक्रमको आयोजना गरी आरोहण महाकाव्यका १३ स्रष्टालाई नेपाली श्री वाङ्मय सम्मान अपर्ण गरेको हो । सम्मानित हुनेहरुमा गोपिकृष्ण शर्मा, राजेन्द्र सुवेदी, भुवनहरि सिग्देल, ठाकुर शर्मा भण्डारी, श्रीहरि फुयाँल, प्रकाश चापागाई, जीवन अधिकारी, नारायणप्रसाद पोखरेल, रामप्रसाद ज्ञावली, लेखप्रसाद निरौला, देवी नेपाल, रमेश शुभेच्छु, नारायण निरासी रहेका छन् ।
नेपाली महाकाव्यिक क्षेत्रमा नवीनतम प्रयोगका साथ राष्ट्रिय एकता, सम्पदा र सद्भावको प्रवद्र्धन गर्ने आरोहण महाकाव्य रचनामा पु¥याएको योगदानको कदर गर्दै नेपाल श्री वाङ्मय सम्मान २०७५ बाट उनीहरुलाई सम्मान गरिएको हो । उक्त कोषको संरक्षकमा नेपाल श्री महाकाव्यका स्रष्ट जनार्दनशरण त्रिपाठी रहेका छन ्। १३ जना स्रष्टा मिलेर संयुक्त रुपमा २० सर्गमा आरोहण महाकाव्य तयार पारेका हुन् ।





