बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

कुक र कडाई तालीम

कुक र कडाई तालीम


  • ढोरपाटन संवाददाता
  • चैत्र २४ २०७५, आइतबार

पोखरा,२४ चैत – पोखरा प्राबिधिक शिक्षालयको आयोजना, रुपा गाउँपालिका वडा नं. ६ र ध्रुबतारा क्लबको संयोजनमा निल्शुल्क कमर्सियल कुक र हाते कडाइ तालीम शुक्रबारदेखि सुरु भएको छ ।
तालीमको उद्घाटन रुपा गाउँपालिका उपाध्यक्ष लालसुब्बा गुरुङले गरेका छन् । रुपा गाउँपालिकाको पर्यटन विकासलाई टेवा पु¥याउने हेतुले रुपा गाउँ पालिका वडा नम्बर ६ कार्यालय र क्लबले यस भित्रका समुदायलाई उद्यमी बनाउने उदेश्यले तालीमको आयोजना गरिएको हो ।
कार्यक्रममा सिटिईभिटी पोखरा प्रमुख जीवन भन्डारीले प्रशिक्षार्थीले ब्यबहारिक सीपलाई महत्वपूर्ण रुपले ग्रहण गर्नु पर्ने बताए । ६५ दिनसम्म चल्ने उक्त तालिममा ६० जनाको सहभागिता रहेको छ। सो अवसरमा क्लब अध्यक्ष प्रेम कुमार खड्काले तालिम उपलब्धिमुलक गराउन आआफ्नो ठाउँबाट लाग्नु पर्ने वताएका थिए ।रुपा–६ का वडा अध्यक्ष नारायण गुरुङको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->