शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

सरकारले बिकासका लागि प्रतिपक्षसँग हातेमालो गर्न आवश्यक :पुर्व सांसद पौडेल

सरकारले बिकासका लागि प्रतिपक्षसँग हातेमालो गर्न आवश्यक :पुर्व सांसद पौडेल


  • गुमानसिह भण्डारी
  • चैत्र २४ २०७५, आइतबार

गलकोट,२४ चैत – पुर्व सांसद प्रकाश शर्मा पौडेलले सिंहदरबारको अधिकार गाउँमा आएपछि स्थानियको दैनिकिमा परिवर्तन आएको  बताए । काउलेखोला जनहित सानोखोला मोटरबाटो निर्माण समिति गलकोट नगरपालिका वाड नम्बर ७ ले आयोजना गरेको मोटरबाटो उदघाटन कार्यक्रममा बोल्दै शर्माले  काठमाण्डौमा बसेर गाउँको समस्या समाधान नहुने भन्दै सम्पुर्ण पार्टिको प्रयासले स्थापित गणतन्त्रले जनताको समस्या समाधान भएको बताए ।
अहिले दुई तिहाईको सरकार भएकाले बिकास गर्न प्रसस्त सम्भावना भएको उल्लेख गर्दै शर्माले सरकारले काग्रेससँग समेत हालेमालो गरेर अगाडि बढनुपर्ने बताए । शर्माले गलकोटमा मोटरबाटो, खानेपानी र टेलिकमका टावरहरु निर्माण गर्नमा आफनो भुमिका रहेको दाबी गरे ।
कार्यक्रममा बोल्दै गलकोट नगरपालिकाका मेयर भरत शर्मा गैरेले जनप्रतिनिधि राजनैतिक पार्टी भन्दा जनताप्रति उत्तरदायि बन्नुपर्ने औल्याए  । अहिलेको समयमा नगरपालिकाप्रति बिभिन्न किसिमका आलोचनाहरु आउने गरेको भन्दै आफुले उक्त आलोचनालाई सकरात्मक तरिकाले लिएको उनले बताए ।  कार्यक्रममा गलकोट नगरपालिका वडा नम्बर ११ का अध्यक्ष डम्बर श्रीस, मल्म- बरेखानी मोटरबाटोका अध्यक्ष घनश्याम गौतम, नेपालि काग्रेस गलकोट नगरपालिका ९ का सभापति यज्ञप्रसाद सापकोटा, गलकोट घुम्टे पर्यटन बिकास केन्द्रका बरिष्ठ उपाध्यक्ष राज थापाले लगायतले शुभकामना मन्तब्य राखेका थिए । उक्त मोटरबाटो निर्माणका लागि पुर्व सांसद पौडेलले सांसद कोषबाट ९ लाख सहयोग बजेट बिनियोजन गरेका थिए । साढे २ किलोमिटर मोटरबाटोको चौडाई कच्ची नालि सहित ४ मिटर रहेको समितिले जनाएको छ । कार्यक्रममा समितिका कोषाध्यक्ष ज्ञान बहादुर थापाले २२ लाख ३० हजार ८ र ५८ बराबरको आम्दानी र सोहि बराबरको खर्च सार्वजनिक गरेका थिए।
कार्यक्रममा मोटरबाटो निर्माण गर्दा आर्थिक र भौतिक रुपमा सहयोग गर्ने सहयोगदातालाई सम्मान प्रदान गरिएको थियो । कार्यक्रम मोटरबाटो निर्माण समितिका अध्यक्ष चिरन्जिबि मरासिनिको अध्यक्षता, कोषाध्यक्ष ज्ञान बहादुर थापाको स्वागत मन्तब्य र राजकुमार दर्जिको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->