बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

महिलाको कानुनी अधिकार बारे सचेतना

महिलाको कानुनी अधिकार बारे सचेतना


  • ढोरपाटन संवाददाता
  • चैत्र २४ २०७५, आइतबार

पोखरा,२४ चैत -रुपा गाउँपालिकाको आयोजनामा वडा नं ६ का स्थानिय आमा समुहका महिलाहरुलाई एक दिने महिला अधिकार र कानुनी परामर्श सम्बन्धी तालिम सम्पन्न भएको  छ । तालिमको समापन गाउँपालिका अध्यक्ष नवराज ओझाले गरेका थिए । समापनमा बोल्दै अध्यक्ष ओझाले महिलाहरु आफ्ना अधिकारप्रति चनाखो रहनु पर्ने बताए । उनले भने आत्मनिर्भर बन्नका लागि उत्पादनसंग जोडिनु पर्छ, उनले भने सडक राम्रो भएकाले अव बजार बिस्तारको चिन्ता गर्नुनपर्ने बताउदै आफ्नो गाउलाई कुनै कृषि उपजको पकेट क्षेत्र चिनाएरै छाड्नेमा जोड दिए । उनले बिकासको सुचकाङ्क भौतिक बिकास मात्र नभई मानबिय बिकास पनि भएकोले महिलाहरुको दक्षता र क्षमताको बिकास गर्न गाउपालिका निरन्तर रुपमा लागिपरेको बताए । सो अवसरमा बोल्दै गाउपालिकाका उपाध्यक्ष लालसुवा गुरुङले महिलाहरुले अव काम गरेर देखाउने बेला आएको बताईन् । उनले भनिन् “आफ्नो क्षमता र दक्षता अभिबृद्धि गर्नका लागि यस्ता अवसरहरु गाउपालिकाले प्रदान गर्ने छ ।”

तालिमको प्रशिक्षण अधिबक्ता दुर्गा भण्डारी र जमुना शर्माले गरेका थिए ।

तालिममा नेपालको संबिधानमा भएका महिला अधिकार सम्बन्धी ब्यवस्था तथा मुलुकी देवानी र अपराध संहितामा भएका महिला बिरुद्धका अपराध, सम्पत्ति सम्बन्धी ब्यवस्था, पत्रकार जमुना शर्मा बर्षाले महिलाको नेतृत्व र ब्यक्तित्व बिकासका स बारे जानकारी गराईन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->