बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

संचारिका समुहको टोली सामाजिक बिकासमंत्रीसंग

संचारिका समुहको टोली सामाजिक बिकासमंत्रीसंग


  • ढोरपाटन संवाददाता
  • चैत्र २४ २०७५, आइतबार

पोखरा, २४ चैत -गण्डकी प्रदेशका सामाजिक विकास मंत्री नरदेबी पुनसंग संचारिका समुह गण्डकीको टीमले भेटघाट गरेको छ । मंत्री पुनले पत्रकार महिलाहरुको संस्था संचारिका समुहका पत्रकारहरुको क्षमता अभिबृद्धिका लागि सहयोग गर्ने आश्वासन दिईन् । उनले पत्रकार महिलाहरुले समग्र सामाजिक बिकासका विषयहरुलाई संचारमाध्यमले स्थान दिए मात्र महिला बर्ग ससक्त हुने बताइन।
विकास, पत्रकारीता र महिलाको अवस्था लगायतका विषयमा संबन्धित निकायको ध्यानाकर्षण गराउने उद्देश्यले संचारीका समूह गण्डकी प्रदेशको पहलमा आइतबार गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयमा आयोजना गरिएको औपचारीक भेटघाटका क्रममा मन्त्री पुनले यस्तो बताएकी हुन् । महिलाका विषयमा बिद्यमान समस्या समाधान र भावि अवसरहरु उजागर गर्नका लागि प्रक्रियागत र परिणाममूलक काम गर्ने जो कोहिका लागि मन्त्रालयको ढोका खुल्ला रहेको पनि उनले जनाएकी थिइन् । “महिलाको विषयमा हरेक क्षेत्रमा भएका समस्या जरैदेखि पहिचान गरि समाधानको बाटोमा हामीसबै अग्रसर हुनुपर्छ“ सामाजिक विकासमन्त्रि पुनले बताइन् ।
राज्यको चौंथो अंग मार्फत हरेक क्षेत्रमा विकासलाइ गति दिनका लागि देशको आधा जनसंख्या ओगटेका महिला वर्गको संख्यात्मकमात्र नभइ गुणात्मक सहभागिता हुनुपर्ने उनको तर्क थियो ।
यसअघि , संचारीका समूह गण्डकी प्रदेशको तर्फबाट अध्यक्ष स्मीता अधिकारी तिवारीले पत्रकार महिलाको क्षमता विकास, राज्य संरचना लगायतका अन्य क्षेत्रमा महिलाको अर्थपुर्ण सहभागिता तथा नेतृत्व, पत्रकार महिलाका चुनौति र अवसर, विकासमा पत्रकारीता क्षेत्रको योगदान लगायतका विषयमा प्रस्तुतीकरण गरेकी थिइन् । कार्यक्रममा संचारिका समूह गण्डकी प्रदेश को गत पुसमा सम्पन्न पाँचौ अधिवेशनबाट निर्वाचित कार्यसमितिको परिचय सहित समुहको उद्देश्य र कार्यक्षेत्रका विषयमा छलफल पनि भएको थियो । उक्त भेटघाटमा, मन्त्रि पुनका स्वकीय सचिव चन्द्रमणी सापकोटा, संचारीका समूह गण्डकी प्रदेशका महासचिव कविता श्रेष्ठ, सचिव कन्चन थापा, कोषाध्यक्ष उमा आलेमगर, सदस्यहरु अनिसा श्रेष्ठ र तारा चापाँगाइ लगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->