शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

ट्रकमा मोटरसाईकल ठोकिँदा पोखराका सरोजको मृत्यु

ट्रकमा मोटरसाईकल ठोकिँदा पोखराका सरोजको मृत्यु


  • Dhorpatan News
  • चैत्र २५ २०७५, सोमबार

भरतपुर,२५ चैत -चितवनमा गए राति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । एक गम्भीर घाइते भएका छन् । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–१ रामनगरमा बिग्रेर रोकिराखेको ना ६ ख ५७२९ नम्बरको ट्रकमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना २० प ७५१८ नम्बरको मोटरसाइकल ठक्कर खाँदा दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते मोटरसाइकल पछाडि सवार पोखरा महानगरपालिका–३१ का १६ वर्षीय सरोज भुजेलको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । गम्भीर घाइते मोटरसाइकल चालक देवघाट गाउँपालिका–५ का ४१ वर्षीय महेश्वर कँडेलको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । रासस

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->