दिल्ली, २५ चैत – भारतमा यसै महिनाको ११ तारिखदेखि लोकसभा निर्वाचन हुँदैछ। पार्टी, नेता तथा कार्यकर्ता चुनावी अभियानमा व्यस्त छन्। यस पटकको निर्वाचनमा भारतमा सामाजिक संजाल फेसबुकको अधिकतम प्रयोग भएको देखिएको छ। फेसबुकसँग ट्वीटर लगायत अन्य माध्यमहरु पनि प्रयोग भएका छन्। फेसबुकमा राजनीतिक विज्ञापन गर्न भारतका पार्टीले १० करोडभन्दा बढी खर्च गरिसकेको भारतीय संचारमाध्यमहरुले जनाएका छन्। यो तथ्यांक फेब्रुअरी र मार्च महिनाको हो।
फेसबुक एन्ड लाइब्रेरी रिपोर्टका अनुसार फेब्रुअरी र ३० मार्चको बीचमा ५१ हजार ८ सय १० राजनीतिक विज्ञापन फेसबुकमा प्रकाशित भए। जसको लागत १० करोड ३० लाख लागेको छ। यसमा प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टी भाजपाले ११ सय विज्ञापन गर्दा ३६ लाख २० हजार भारतीय रुपैयाँ खर्च गरेको छ। विपक्षी दल काँग्रेसले सो अवधिमा ४ सय १० फेसबुक विज्ञापन गर्यो। ६ लाख भारतीय रुपैयाँ खर्च गर्यो। यस्तै बिजु जनता दलले फेसबुक विज्ञापनमा ९ लाख भारतीय रुपैयाँ खर्च गरेको जनाइएको छ। एजेन्सी





