शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

कस्तो कानून बन्दै छ ? मन्त्री भन्छन् :सांसदलाई पत्तो छैन !

कस्तो कानून बन्दै छ ? मन्त्री भन्छन् :सांसदलाई पत्तो छैन !


  • ढोरपाटन संवाददाता
  • चैत्र २७ २०७५, बुधबार

पोखरा, २७ चैत- गण्डकी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले कानून बनाउने सांसदहरुले संसदमा पेश गरिने विधेयक समेत नपढ्ने गरेको गुनासो गरेका छन् । उनले यसलाई संसदीय व्यवस्थाको रोगको रुपमा समेत अथ्र्याएका छन् ।
‘संघीय सांसदहरुको पिजनहोलमा हालिएको घर लगेर पढे कि पढेनन्,त्यो तपाईँहरु( पत्रकार )ले हेर्नुहोस्’, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशले मंगलबार आयोजना गरेको संघीय संरचना र हाम्रो पत्रकारिता विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भने,‘तर, हाम्रो( गण्डकी प्रदेशमा ) त्यस्तो छैन,उहाँहरुले लैजानु त भएको छ, पढ्नु भयो कि भएन कुन्नि ?’
मन्त्री चुमानले केन्द्रीय सरकारले भनेजस्तै भए प्रदेश सरकारले प्रहरी कानून बनाउनै नपर्ने बताएका छन् । उनले नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कामको विषयमा संसदमा पेश गरेको विधेयकलाई फिर्ता लिन संघसँग माग पनि गरे । अहिले केन्द्रले प्रहरीलाई आफू मातहत नै राख्न खोजको उनको जिकिर थियो । विधेयक माथि १सय ९० वटा संसोधन प्रस्ताव पेश हुँदा पनि सरकारले मुख नखोल्नु दुखद् भएको उनले टिप्पणी गरे । प्रहरी नभएको सरकार नै नहुने भन्दै उनले संविधानले नै दिएको अधिकार कटौति गर्ने ढंगले ल्याइएको विधेयक संसोधन या फिर्ताको विकल्प नरहेको उनले दोहो¥याए ।
प्रदेश सरकारले केन्द्र सरकारसंग गुनासो नगरी आलोचना गरेको गर्दै आएको उनले जिकिर गरे । ‘सरकारले गुनासो नभई केन्द्र सरकारको आलोचना गरेका हौं, गुनासो कमजोरले गर्ने हो, सरकार कमजोर छैनन् त्यही भएर गुनासो नभन्नुहोला,’ उनले भने ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले सिंहदरबारको विबृति प्रदेशमा पनि आएको बताए । प्रदेश र स्थानीय सरकारलाई सक्रिय अनि स्थापित गर्न पत्रकारको भूमिका महत्वपूर्ण हुने उनको भनाई छ । पत्रकारिता राजनीतिक आस्थाको छायाँमा परेकाले त्यसबाट माथि उठ्नुपर्ने उनको ठम्याई छ । लोकतन्त्र स्थापना गर्न भूमिका खेलेका सञ्चारमाध्यमलाई प्रदेश र स्थानीय सरकारले सहिढंगले बुझ्न नसकेको उनले बताए । प्रदेश र स्थानीय सरकारले केन्द्र सरकारलाई नै उछिनेर प्रेस स्वतन्त्रता संकुचित गर्नेगरी कानून ल्याएकाले सच्याइनुपर्ने र प्रेस मैत्री बनाइनुपर्नेमा जोड दिए ।
महासंघका पूर्व केन्द्रीय सदस्य रवीन्द्र बास्तोलाले संघीय सरकार र स्थानीय सरकारले गरेका कामबाट आम जनताले राहत पाए भन्ने विषय महत्वपूर्ण रहेको बताए । पत्रकारले यसैलाई प्राथमिकता दिनुपर्ने उनको भनाई छ । कार्यक्रम स्थल कालावाङ होम स्टेका अध्यक्ष प्रकाश गुरुङले गाउँ स्तरमा सञ्चालन भएका विकास निर्माण, भएका आर्थिक कृयाकलापको बारेमा पत्रकारहरुले खोज्ने र लेखिदिनुपर्ने धारणा राखे ।
कार्यक्रममा अवधारणा पत्र राख्दै पत्रकार केशवशरण लामिछानेले संघीयता कार्यन्वयनका क्रममा देखिएका जटिलताले पत्रकारलाई पनि गाँजेको बताए । सरकारहरुका बीचमा देखिएका अन्योललाई प्रष्टाउने समाचार लेखिनुपर्ने खाँचो उनले औंल्याए । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समिति अध्यक्ष त्रिभूवन पौडेलको अध्यक्षतामा भएको अन्तरक्रियामा कार्यक्रममा समितिका महासचिव गणेश पौडेल, पत्रकारहरु वाशुदेव मिश्र र दीपक परियार लगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->