पोखरा, २७ चैत -पोखरा,स्याङ्जा र म्याग्दीमा भएका छुट्टाछुट्टै घटनामा ३ जनाको मृत्यु भएको छ ।
गण्डकी प्रदेश प्रहरीका अनुसार पोखरा महानगरपालिका–१५, घर भएकी शुकमाया नेपाली शौचालयमा नै मृत भेटिएकी हुन् भने,स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१, मा पर्ने जंगलमा नाम नखुलेका एकजना पुरुषको शव प्राप्त भएको हो । यसैगरी, म्याग्दीको धवलागिरि नगरपालिका–५, खिवाङ बस्ने ५७ वर्षीय जीतबहादुर पुनको भीरबाट लडेर मृत्यु भएको हो । प्रहरीका अनुसार बुधबार नेपाली शौचालय गएको लामो समयसम्म बाहिर नआएपछि खोजतलास गर्दा शौचालयमै मृत भेटिएकी हुन् । स्याङ्जाको जंगलमा भेटिएको शव सडेगलेको अवस्थामा छ । म्याग्दीका जीतबहादुर पुनको मंगलबार म्याग्दीको धौलागिरि गाउँपालिकाको बग्रमा रहेको तातोपानी कुण्डमा डुबेर फर्कँदा सोही ठाउँको नाउरा भीरबाट खसेर मृत्यु भएको हो ।





