पोखरा, २९ चैत – पोखरा महानगरपालिका वडानं १ ले वडाका लक्षित नागरिकलाई स्वास्थ्य बीमा कार्ड वितरण गरेको छ । कार्ड वितरण
कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका उपप्रमुख मन्जुदेवी गुरुङले मानव जीवनको यात्रा सधै जोखिममा हुने भएकाले सबैले स्वास्थ्य बिमा गरी समयमै सुरक्षित् हुनुपर्ने बताइन। स्वास्थ्य बीमा कार्यक्रमलाई प्रदेश सरकार, स्थानीय तह, पत्रकार,नागरिक समाज र जनताका बीचमा सहकार्यगरि प्रभावकारीरुपमा पोखरामहानगर पालिका क्षेत्रमा आगाडी बढाउनुपर्ने उनको भनाई थियो । गाँस,बास ,कपास, स्वास्थ्य ,शिक्षा र रोजगारलाई प्राथमिकतामा राखेर स्वस्थ्य महानरपालिका निमार्णका लागी स्वास्थ्य बीमा कार्यक्रमलाई पोखरा महानगरको प्रत्येक नागरिकको घरदैलो सम्म पुर्याउनु पर्ने र त्यसकालागि महानगर पालिकाले आवस्यक सहयोग गर्ने उनले बताइन । उपप्रमुख गुरुङ्गले वडानं १ का ४० घर लक्षित् परिवारलाई स्वास्थ्य बिमाको कार्ड वितरण गरेकी थिइन । पोखरा महानगर पालिका वडा नं १ को आर्थिक सहयोगमा आफ्नो वडाका ४० घर लक्षित बिपन्न परिवारको लागि रु १लाख रुपैया बराबरको स्वास्थ्य बीमा प्रिमियम रकम तिरि नागरिकलाई स्वास्थ्य बीमा कार्य क्रममा आवद्ध बनाएको हो
पोखरा महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त पौडेलले टोलटोल र वडातहमा स्वास्थ्य प्रबर्द्धनात्मक कार्यक्रम अन्तर्गत वडाका लक्षित नागरिकलाई वडा नं १ले स्वास्थ्य बीमा गरेर राम्रो कार्यको शुरुवात गरेको बताए । स्वास्थ्य वीमा वोर्ड गण्डकी प्रदेश संयोजक जीवलाल खरेलले सरकारले संचालन गरेको स्वास्थ्य वीमा सफल बनाउन पोखरा महानगर पालिका वडा कार्यालय १ ले ४० घर बिपन्न,असहाय लगायतका लक्षित समुहलाई स्वाथ्य बीमा गराएकोमा वडा अध्यक्ष शारदाकुमारी पराजुली र वडा कार्यालयलाई धन्यवाद दिदै एक नेपालीले अर्को नेपालीलाई सहयोग गर्ने मानव स्वास्थ्यलाई हितमा राखी संचालित स्वास्थ्य बीमा कार्यक्रम सफल बनाउन सबैले सहयोग गर्नुपर्ने बताए ।
वडा अध्यक्ष शारदा कुमारी पराजुलीले स्वास्थ्य वीमा कार्यक्रम नागरिकका लागि आवश्यक छ यसलाई सफल बनाउन सबैले सामुहिक रुपमा प्रयास गर्नु पर्ने बताइन।





