पोखरा, ३० चैत – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले वितेको बर्ष आफ्नो प्रदेशका लागि जग निर्माणको बर्ष भएको वताएका छन । नयाँ वर्ष २०७६ को अवसरमा शुभकामना सन्देश दिदै गुरुङले वि.सं. २०७५ गण्डकी प्रदेश सरकारका लागि जग निर्माणको महत्वपूर्ण वर्ष भएको वताएका हुन् ।
वितेका बर्ष विभिन्न चुनौतीका बाबजुद पनि प्रदेशको विकास र समृद्धिका लागि जग निर्माणको महत्वपूर्ण बर्षका भयो ब्यतित हुनगयो, मुख्यमन्त्री गुरुङले भनेका छन-प्रदेशको विकास र समृद्धिमा हाम्रो पौरखले थप्न सकेका थोरै मात्र सुरुवाती ईटाहरु जनताले देख्न पाएका छन् । अहिले निर्माण गरेका कानुनी र संरचनागत जग बलियो र मजवुत भएकाले नयाँ बर्ष २०७६ मा विकास र समृद्धिका धेरै इटाहरु थप्न सफल हुनेछौ ।
सवल र समृद्ध गण्डकी प्रदेश बनाएरै छाड्ने अठोट गर्दै मुख्यमन्त्री गुरुङले त्यसका लागि आफुलाई प्रदेशका जनताको साथ, समर्थन र रचनात्मक सुझावको आशा गरेका छन । वितेको बर्षबाट नकरात्मक र सकारात्मक दुवै शिक्षा लिदै अगाडि बढ्ने वताउदै उनले समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्यलाई मूर्त रुप दिन आफ्नो क्षेत्रबाट योगदान दिन अपिल गरेका छन् ।
नयाँ बर्षको अवसरमा सवैलाई नयाँ जोश, जाँगर र सृजनाका साथ आ–आफ्नो कर्मक्षेत्रमा जुट्न आब्हान गर्दै मुख्यमन्त्री गुरुङले स्वदेश तथा विदेशमा रहेका नेपालीहरुमा सुख, शान्ती र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।





