पोखरा ,३० चैत -पोखराको औद्योगिक क्षेत्र नजिकै सडक नालीमा एक महिलाको शव भेटिएको छ । सेती नहरको पानीले उतारेको अवस्थामा शनिबार दिउँसो नालीमा शव देखिएको स्थानियले बताएका छन। शव फोहोरले बेरिएको अवस्था मा रहेको छ । घटनाको अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।





