पोखरा, २ बैशाख – पोखराका विभिन्न क्षेत्रमा संलग्न महिलाको टोलि बागलुङ जिल्लाको ढोरपाटन लगायतका स्थानको अवलोकन गरेर फर्किएका छन् । गण्डकी प्रदेश सरकारले आन्तरिक भ्रमण वर्ष २०१९ मनाइरहेको सन्दर्भमा ग्रामीण पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले भ्रमण आयोजना गरेको मेट्रो इन टुर एन्ड ट्राभल्सका संचालक एवम् कार्यक्रम संयोजक कमला गिरीले जानकारी दिइन ।
उनीहरूले गल्कोट दरवार,गाईघाट झरना,तुरतुरे ताल हुदै नेपालको एक मात्र बन्यजन्तु शिकार आरक्ष केन्द्र ढोरपाटन शिकार आरक्ष,उत्तर गङा मन्दिर,लालीगुराँस,हिउँ संग रमाउदै गल्कोट पान्डबखानीको सिद्धस्थान सामुदायिक होम्स्टेमा पुगेर स्थानीय सांस्कृतिक एवं धार्मिक पक्षको बारेमा जानकारी लिएका थिए । बाग्लुङको पन्चकोटको अवलोकन समेत गरेको गिरिले बताइन।
सुनेको ढोरपाटन भन्दा त्यही पुगेको ढोरपाटन निकै रमणीय र फरक पाएको तमु समाज युके आमा समुहका सस्थापक अध्यक्ष माया गुरुङ ले बताइन ।समाज र संस्कृती बुझ्न पढेर होईन घुमेर बुझिन्छ । ू यात्राले भौगोलिक अवस्था, रहन सहन र संस्कृति बुझ्न पाएको उनको भनाई छ।
ब्यवसायी महिला मिना अमात्य प्रधानले बाग्लुङ जिल्लाको प्रसिद्ध स्थान ढोरपाटन लगायतको स्थानमा पुगेर २०७५ सालको बिदा र नयाँ बर्ष २०७६ लाई स्वागत गरेको बताइन ।
यात्रामा सहभागी ६७ बषिया गीता पराजुलीले यात्राले विकट गाउँको वस्ती र त्यहाँको जनजीवनलाई बुझ्न पाएकोमा खुशी लागेको प्रतिक्रिया दिइन । जोखिमपुर्ण यात्रा अनुभवी र कुशल चालकको कारण यात्रा सफल र अर्थपुर्ण रहेको उनले बताइन ।
चैत २८ देखि ३० गते सम्मको तीन दिने भ्रमणमा विभिन्न क्षेत्रका २० जना महिलाको सहभागीता रहेको थियो ।





