बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पर्वतका होमस्टेमा पर्यटकको आकर्षण बढ्दै

पर्वतका होमस्टेमा पर्यटकको आकर्षण बढ्दै

साहसिक खेल क्यानोनिङ तथा रक क्लाईम्बिङ्गको समेत व्यवस्था रहेकाले झनै आकर्षण


  • गणेश पौडेल
  • बैशाख ३ २०७६, मंगलबार

पर्वत, ३ बैशाख – पर्वतका विभिन्न गाउँमा संचालन गरिएका होमस्टेमा आन्तरिक पर्यटकको आकर्षण बढ्दै जान थालेको छ । शहरी क्षेत्रमा हुने दैनिक व्यस्तताबाट फूर्सद निकालेर शान्त स्थान खोज्ने आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि होमस्टे नयाँ गन्तव्य बन्न थालेको हो । स्थानीय उत्पादनको स्वाद, गाउँघरका विभिन्न दृश्यावलोकन तथा गाउँको न्यानो आथिथ्यताका कारण पनि होमस्टे नयाँ गन्तव्य बन्न थालेका हो ।
जिल्लाको कुश्मा नगरपालिका ३ दुर्लुङ्गमा रहेको चनौटे सामुदायिक होमस्टेमा पनि आन्तरिक पर्यटकको आकर्षण बन्न थालेको छ । कुश्माबाट छोटो दुरीमा रहेको सो स्थानमा कुश्मा, पोखरा, काठमाण्डौ लगायतका ठाउँबाट पर्यटकहरु आउने गरेको संचालक होम बहादुर थापाले बताए । कुश्मा बजारबाट १ घण्टामा पुग्न सकिने चनौटेका १० घरमा संचालित होमस्टेमा ४० जना बस्न सक्ने क्षमता रहेको छ । सो होमस्टेमा गाउँकै स्थानीय उत्पादनहरु मकै, कोदो, भटमास, स्थानीय जातका कुखुरा तथा खसीको मासु लगायतका परिकार पाईने चनौटे सामुदायिक होमस्टेका सममाया गुरुङले बताए ।
पर्यटकहरुको रोजाई अनुसारका परिकार बनाउने, पारिवारिक रुपमा बास बसाउने, स्थानीय कला संस्कृतीको अवलोकन गराउने, पर्यटकिय स्थलहरुको अवलोकन गराइने साथै साहसिक खेल क्यानोनिङ तथा रक क्लाईम्बिङ्गको समेत व्यवस्था रहेकाले झनै आकर्षण भएको गोलमान गुरुङले बताए । होमस्टेमा पर्यटकहरु मात्रै नभएर गाउँको बारेमा अध्यायन गर्ने विद्यार्थीहरु समेत आउने गरेका छन् । सस्तो दरमा स्थानीय परिकारहरु पाईने भएकाले काठमाडौ र पोखराबाट होमस्टे अध्ययन गर्न विद्यार्थीहरु समेत आउने गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->