शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

आईएसले युरोपमा खतरनाक आक्रमणको तयारी गर्दैछ : रिपोर्ट

आईएसले युरोपमा खतरनाक आक्रमणको तयारी गर्दैछ : रिपोर्ट


  • Dhorpatan News
  • बैशाख ३ २०७६, मंगलबार

काठमाडौं,३ वैशाख- इस्लामिक स्टेट (आईएस) आतंकवादी समूह युरोपको पेरिसमा चार वर्षअघि गराएको आत्मघाती हमला दोहोर्‍याउन चाहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । एक बेलायती अखबारले आफ्नो रिपोर्टमा यो कुराको खुलाशा गरेको हो ।पेरिसमा सन् २०१५ नोभेम्बरमा कन्सर्ट हल, स्टेडियमको बाहिर, रेस्टुरेण्ट र बारमा फायरिङ्ग र आत्मघाती विस्फोटको सिरिजमा परि झण्डै १ सय ३० ले ज्यान गुमाएका थिए ।’द सन्डे टाइम्स’ अखबारले आईएसले युरोप र मध्य एसियामा आतंकवादी हमलाको योजना बनाएको खुलाशा गरेको हो । पेरिसमा जस्तै हमला दोहोर्‍याउनका लागि सक्रिय भएको आईएस अहिले योजना बनाइरहेको अखबारले दाबी गरेको छ ।अखबारका अनुसार, यो वर्षको सुरुमा सिरियामा आईएसविरुद्ध निर्णायक लडाइँको दौरान उसका एक सदस्यको खल्तीबाट खसेको हार्ड ड्राइभमा युरोपमा हमला गर्ने पूरा योजना पाइएको थियो ।यी दस्ताबेजमा आईएसको ‘खलीफा’ अबू बकर अल–बगदादी र त्यसपछि दोस्रो नम्बरको हैसियत राख्ने एक व्यक्तिसँग सम्बन्धित पत्र छ, जसमा आईएसका ७ नेताहरुले हस्ताक्षर गरेका छन् । यो पत्रमा युरोप हमलाको पूरा योजनालाई दुई भागः अपरेसन्स अब्रोड र आपरेसन्स बोर्डरमा बाँडिएको छ ।अपरेसन्स अब्रोडको जिम्मेवारी अबू खबाब अल–मुहाजिरलाई दिइएको छ । यो दस्ताबेजसँगै यूरोपमा आईएसका एक समर्थकको तस्बिर पनि दिइएको छ, जसले यो अपरेशनलाई पूरा गर्न मद्दत गर्नेछन् । 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->