आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

यू – १९ विश्वकप छनोट : ओमानविरुद्ध नेपाल फराकिलो अन्तरले विजयी

यू – १९ विश्वकप छनोट : ओमानविरुद्ध नेपाल फराकिलो अन्तरले विजयी


  • Dhorpatan News
  • बैशाख ३ २०७६, मंगलबार

काठमाडौं,३ बैशाख – आइसिसी यू–१९ विश्वकप अन्तर्गत एसिया छनोटमा नेपालले ओमानलाई फराकिलो अन्तरले पराजति गरेकव छ।  मलेसियाको सिंलगार टर्फ क्लबमा भएको खेलमा नेपालले ओमानलाई १५० रनको फराकिलो अन्तरले परजित गरेको हो।  नेपालले दिएको २३० रनको लक्ष्य पछ्याएको ओमान ७९ रनमा अलआउट भयो। ओमान ४४.१ ओभरमा ७९ रन बनाएर अलआउट भएको हो। उसका जम्मा दुई खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेका थिए। अमनप्रति सिह्र र जिल तन्नाले समान १३-१३ रन जोडे भने अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सफल भएनन्।  नेपालका लागि पवन सर्राफले ३, प्रतिस जिशी र सूर्य तामाङले समान २-२, कुशल मल्ल, भीम शार्की र कमलसिंह ऐरीले समान १-१ विकेट लिएका थिए।  टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४३ ओभर एक बलमा २२९ रन बनाएको थियो। सुरुवात राम्रो गर्न नसकेको नेपालले १२ रनमा पहिलो विकेट गुमाएको थियो भने ३३ रन बनाउदा दोस्रो विकेट खेर फाल्यो। नेपालका पवन सर्राफ पाँच रनमा आउट भए भने रित गौतम १० रनमा पभेलियन फर्किए। नेपालको स्कोर ६२ रन हुँदा तेस्रो विकेट झर्यो। आजको खेलमा डेब्यु गरेका अभिनाश बस्नेत १५ रनमा आउट भए। त्यसपछि नेपालको स्कोर ७५ रन हुँदा अनुभवी तथा भरपर्दा खेलाडी सन्दीप जोरा मात्र चार रनमा आउट भएपछि चौथो विकेट गुम्यो। डेब्यु खेलमा अर्धशतक बनाएका हरी चौहान मात्र दुई रनमा आउट भए। जसका कारण नेपालले ८१ रनमा पाँच विकेट गुमायो। छैटौ विकेटका लागि कप्तान रोहितकुमार पौडेल र भीम शार्कीबीच ९२ रनको साझेदारी भएपछि नेपाल बलियो स्थितीमा पुगेको हो। तर, कप्तान रोहित ७५ रनमा आउट हुन पुगे। त्यसको लगत्तै भीम पनि ३९ रनमा बाहिरीए। जसका कारण नेपालले १७५ रनमा सात विकेट गुमायो। त्यसपछि कुशल मल्ल पनि मात्र दुई रनमा आउट भएपछि आठौं विकेट गयो। लगत्तै कमलसिंह ऐरी एक रनमा आउट भएपछि नेपालले नवा‌ै‌ विकेट गुमायो। अन्तिममा आएका प्रतिश जिशीले विस्फोटक ४१ रन बनाएपछि नेपालले बलियो लक्ष्य दिन सफल भयो। ओमानका लागि जिल तन्ना, आजम अलि, सन्जय रवीन्द्र र मुजाहिर राजाले समान २-२ विकेट लिएका थिए भने यश मेहता र प्रथमेश कुम्लेको नाममा समान १-१ विकेट रहेको थियो। नेपालले प्रतियोगितामा चार देशविरुद्ध खेलेर तीनमा जित हासिल गरेको छ भने युएईसँग पराजित भएको थियो। वर्षाले प्रभावित खेलमा डिएल मेथडमा नेपाल युएईसँग १ रनले पराजित भएको हो। उक्त पराजयसँगै नेपालको विश्वकप खेल्ने सम्भावना न्यून छ। नेपालले विश्वकप खेल्नका लागि युएईले एक खेलमा पराजित हुनुपर्ने छ तर उसले खेल्ने देशहरू कमजोर रहेका छन। थाहाखबर 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->