बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

विद्यालय सुधारको लागि महायज्ञ

विद्यालय सुधारको लागि महायज्ञ


  • ढोरपाटन संवाददाता
  • बैशाख ४ २०७६, बुधबार

पोखरा,४ बैशाख – पोखराको उत्तरपूर्वी गाउँ देउरालीमा रहेको विश्व शान्ति माध्यमिक विद्यालयले शैक्षिक तथा भौतिक विकासको लागि महायज्ञ लगाउने भएको छ । विश्व शान्ति बिद्यार्थी संख्या न्यून हुन थालेपछि शैक्षिक तथा भौतिक गुणस्तरलाई स्तरीय बनाउँदै बिद्यार्थी आकर्षण गर्ने उदेश्यले श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ आयोजना गरिन लागिएको विद्यालयले जनाएको छ । वैशाख ५ देखि १३ गतेसम्म सञ्चालन हुने महायज्ञमा प्रमुख वाचक आचार्य गुरुदेव रामचन्द्र तिमिल्सिना र उपवाचक गुरुदेव हरिचन्द्र तिमिल्सिना रहनेछन् ।
स्कूल बस सञ्चालन गर्ने ,भौतिक पूर्वाधार निर्माण गर्ने ,अंग्रेजी माध्यमको कक्षा सञ्चालन तथा ब्यवस्थापन गर्ने ,प्राबिधिक धारको पढाईलाई ब्यवस्थित गर्ने ,पुस्तकालय ,बिज्ञान प्रयोगशाला लगायतका भौतिक संरचना निर्माण गर्नु महायज्ञको उदेश्य रहेको प्रधानाध्यापक वसन्त पहारीले जानकारी दिए ।
महायज्ञबाट करिव १ करोड १५ लाख संकलन गर्ने लक्ष रहेको बुधबार आयोजित पत्रकार सम्मेलनको क्रममा मूल समारोह समिति संयोजक दामोदर घिमिरेले बताए । अंग्रेजी माध्यममा कक्षा सञ्चालन गर्दै आए पनि भौगोलिक बिकटताको कारण विद्यार्थी संख्या न्यून हुन थालेपछि दुईवटा स्कुल बस खरिद गरी बिद्यार्थी आकर्षण गर्ने प्रधानाध्यापक पहारीले बताए । विद्यालयमा कम्यूटर बिज्ञान ,सिभिल इन्जीनियरिङसहित ब्य्बस्थापन ,मानविकी र शिक्षा संकायको अध्यापन भैरहेको छ । विद्यालयलाई गण्डकी प्रदेशको नमूना बनाउने रीर योजना बनाइएको पहारीले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->