बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

सुन्तला बगैंचा व्यवस्थापनमा महानगरको सहयोग

सुन्तला बगैंचा व्यवस्थापनमा महानगरको सहयोग


  • ढोरपाटन संवाददाता
  • बैशाख ६ २०७६, शुक्रबार

पोखरा,६ बैशाख -पोखरा महानगरपालिकाकाले सुन्तलाको पकेट क्षेत्र मानिएको वडा नम्बर २१ दोपहरे लगायतका ठाउँका किसानलाई बगैंचा व्यवस्थापन गर्न आर्थिक सहयोग गरेको छ । मेयर प्रविधि मैत्री कृषि परियोजना अन्तर्गत सुन्तला बगैंचा व्यवस्थापन अभियानलाई सघाउन आर्थिक सहयोग गरेको हो । शुक्रबार पोखरा महानगरपालिका वडा नम्बर २१ को दोपहरेमा आयोजित कार्यक्रममा पोेखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले सुन्तलाको बगैंचा व्यवस्थापनमा सघाउन किसानलाई नगद रकम हस्तान्तरण गरे ।

कार्यक्रममा बोल्दै प्रमुख जिसीले सुन्तलाको सामूहिक रुपमा उत्पादन र प्रवद्र्धन गर्न मेयर प्रविधि मैत्री परियोजना अन्तर्गत सुन्तलाको बगैंचा व्यवस्थापनमा महानगरले सहयोग गरेको बताए । उनले महानगरले गरेको सहयोग प्रत्यक्ष रुपमा किसानले पाउँन भनेर यो कार्यक्रम ल्याएको बताए । ‘यहाँ उत्पादित सुन्तलाको मूल्य निर्धारण गर्न र उत्पादित सुन्तलाको बजार खोज्न महानगरले सहयोग गर्नेछ,’उनले भने, ‘स्थानीय सरकार पनि किसानको साथैमा छ भन्ने प्रत्याभूति दिलाउन महानगर लागि परेको छ ।’ प्रमुख जिसीले यस क्षेत्रलाई कास्कीमै सुन्तलाको प्रमुख केन्द्र बनाउने सोंच महानगरले लिएको बताए ।

कार्यक्रममा वडा नम्बर २१ का वडाध्यक्ष खगराज आचार्यले विभिन्न किसान समूह बनाएर उनीहरुलाई प्रशिक्षित गराउनका लागि वडा पनि लागि परेको बताए । उनले वडामा पानीको समस्या भएकाले आकाशे पानी संकलनको लागि पनि सहयोग गरेको बताए । विभिन्न किसानहरुलाई सीप सिकाउन वडामै कृषि प्राविधिक राख्ने बारेमा पनि वडाले योजना बनाएको उनको भनाइ छ ।

पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनहर कडरियाले एक बोट सुन्तलाको लागि एक सय रुपैयाँका दरले सुन्तला बगैंचा व्यवथापन गर्न महानगरले किसानलाई सहयोग गरेको बताए । उनका अनुसार पाँच वर्ष माथिका फल दिने ११ हजार सुन्तलाका बोटको लागि ११ लाख सहयोग गरिएको हो । किसानले २ हजार देखि ६० हजारसम्म आर्थिक सहयोग पाएको कडरियाले बताए । शुक्रबार १ सय ६६ जना किसानलाई उनीहरुसँग भएका फल दिने सुन्तलाको बोट अनुसार नगद रकम हस्तान्तरण गरिएको हो ।

वडा नम्बर २१ का वडाध्यक्ष खगराज आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा साविक कृस्ति गाविसका पूर्वअध्यक्ष पूर्णबहादुर थापा, वडा स्तरीय कृषि सञ्जालका अध्यक्ष उमानाथ सुवेदी, सचिव खगराज न्यौपानेले चिस्यान केन्द्र आवश्यक भएको औंल्याएका थिए । वडा नम्बर २१ को कृष्ति क्षेत्रका वार्षिक साढे ४ करोडको सुन्तला उत्पादन गरेको किसानले बताएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->