बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

महानायक राजेश हमाल चर्चित कलाकार सहित पोखरामा !

महानायक राजेश हमाल चर्चित कलाकार सहित पोखरामा !


  • Dhorpatan News
  • बैशाख ६ २०७६, शुक्रबार

पोखरा ,६ बैशाख – अनाथ बालबालिकाको सहयोगार्थ शनिबार पोखरामा सांगीतिक कार्यक्रम हुने भएको छ । ‘सेभ द चिल्ड्रेन,सेभ द नेसन’ को आयोजनामा हुने सांगीतिक कार्यक्रममा नेपालको चर्चित कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजकले जानकारी गराएको छ । कार्यक्रममा महानायक राजेश हमाल, गायक शिव परियार, गायिका मेलिना राई, लोकदोहोरी गायक प्रकाश सपुत ,चोलेन्द्र पौडेल, गायकद्वय सन्तोष बस्याल, सन्तोष सुवेदी सहित नेपाल आइडलकी गोल्डेन माईक विजेता निलिमा थापामगरको प्रस्तुति रहने छ ।
शुक्रबार यहाँ पत्रकार सम्मेलनको आयोजना गर्दै कार्यक्रम बाट आम्दानी भएको सम्पूर्ण रकम गण्डकी प्रदेशमा रहेका अनाथ तथा असहाय बालबालिकाका लागि खर्च गरिने संयोजक कमल पौडेलले बताए । ‘यो विशुद्ध नाफारहित कार्यक्रम हो’, उनले भने, ‘यसबाट हामीले कमाउला खाउला भन्ने छैन ।’ महानायक राजेश हमालले नेपालमा अनाथ तथा असहाय बालबालिकाका लागि केहि गराँै भन्ने चाहना पूरा हुन लागेकोमा खुसी जनाए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->