शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

श्रीलङ्का बिस्फोट : मृतकको संख्या २ सय ९० पुग्यो, अझै बढ्न सक्ने

श्रीलङ्का बिस्फोट : मृतकको संख्या २ सय ९० पुग्यो, अझै बढ्न सक्ने


  • Dhorpatan News
  • बैशाख ९ २०७६, सोमबार
epa07519704 Police and locals inpect the damage and fataliaties in Katuwapitiya St. Sebastian church in Negombo near Colombo, Sri Lanka, 21 April 2019. According to police at least 207 people were more than 400 injured in a coordinated series of blasts during the Easter Sunday service at churches and hotels. EPA/STR

काठमाडौं ,९ बैशाख – श्रीलङ्कामा आइतबार चर्च र स्टार होटलहरुमा भएको श्रृंखलावद्ध बम विस्फोटमा परी मृत्यु हुनेको संख्या २ सय ९० पुगेको छ । ५ सय भन्दा बढी घाइते भएका छन् । प्रहरीले अहिलेसम्म २४ जनालाई घटनामा सलग्न भएको आशंकामा प्रक्राउ गरिसकेको छ । यद्यपि सरकारले भने कसले यो घटना घटायो भन्नेबारे आधिकारिक जानकारी दिएको छैन । घटनामा घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको सङ्ख्या अझै बढ्नसक्ने त्यहाँका अधिकारीहरूले बताएका छन् ।

राजधानी कोलम्बोको सेन्ट एन्थोनी चर्च र होटल र राजधानी नजिकको नेगोम्बोस्थित सेन्ट सेबास्टियन चर्चमा भएका बिस्फोटमा परी उनीहरूको मृत्यु भएको हो ।

बौद्धमार्गी बहुल श्रीलङ्कामा करिब ६ प्रतिशत क्याथोलिक सम्प्रदायका मानिस छन् । गिर्जाघरहरुमा बिस्फोट हुँदा इसाई धर्मावलम्बीहरु इस्टर पर्वका अवसरमा आयोजित धार्मिक कार्यक्रममा सहभागी रहेको बताइएको छ ।

त्यहाँको रक्षा मन्त्रालयले आक्रमणबारे अनुसन्धान भइरहेको तर अहिलेसम्म आक्रमणको कसैले जिम्मेवारी नलिएको बीबीसीले जनाएको छ ।

बम विस्फोटलाई सन् २००९ को गृहयुद्धपछिको सबैभन्दा ठूलो घटना भनिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->