शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

भेनेजुयलामा विपक्षी प्रदर्शनकारीमाथि बख्तरबन्द गाडी (भिडियोसहित)

भेनेजुयलामा विपक्षी प्रदर्शनकारीमाथि बख्तरबन्द गाडी (भिडियोसहित)


  • Dhorpatan News
  • बैशाख १८ २०७६, बुधबार

भेनेजुयला, १८ वैशाख – भेनेजुयलामा निकोलास मुदेरो समर्थक सेनाले प्रदर्शनकारीमाथि बख्तरबन्द गाडी कुदाएको छ। पछिल्लो समय चरम आर्थिक संकट झेलिरहेको भेनेजुयलामा दिनदिनै सरकारविरोधी समर्थकहरूले निरन्तर प्रदर्शन गर्दै आएका छन्।
विपक्षी दलका नेता एवम भेनेजुयलाका स्वघोषित राष्ट्रपति जुआन गुएदोले मंगलबार भेनेजुयलाका नागरिकहरूलाई सरकारका विरूद्ध उत्रन आग्रह गर्दै एक भिडियो सामाजिक संजालमार्फत सार्वजनिक गरेपछि भेनेजुयलामा जुआन समर्थकहरूले निरन्तर प्रदर्शन गरिरहेका छन्। यसैक्रममा प्रदर्शनकारीमाथि मुदेरो समर्थक सेनाका बख्तरबन्द गाडी गुडाइएको भिडियो सार्वजनिक भएको हो।Embedded video

News Breaking LIVE@NewsBreaking

BREAKING VIDEO: Pro-Maduro forces reportedly running over protesters in Venezuela

गुएदोले विद्रोहका लागि अपिल गरेको भिडियोमा भेनेजुयलाको राजधानी काराकसमा स्थित हवाई सैन्यको आधार क्षेत्रमा उनी समर्थित कयौं सैनिकसहित देखिएका छन्। सो भिडियो सार्वजनिक भएलगत्तै गुएदो र मदुरोका सैन्य समर्थकहरूबिच झडप भएको छ।

पछिल्लो केहि सातायता गुएदोले राजधानी बाहिरका शहरहरूको भ्रमण गर्दै ठूलो संख्यामा जनताहरूलाई साथ लिदैं मुदेरोविरूद्ध प्रदर्शनमा उत्रन मानिसहरू जम्मा गरिरहेका छन्।

यसैगरी भनेजुयलाका संचारमन्त्री जोर्ज रोड्रिगेजले ट्वीटरमा गुएदोको यस हर्कतलाई ‘कु’को संज्ञा दिदैं सरकारले सानोसानो संख्यामा रहेका देश्द्रोहीहरूलाई निस्क्रिय पारिरहेको दाबी गरेका छन्।


एजेन्सी

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->