शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

स्वास्थ्य संस्थाहरुको सामाजिक परिक्षण कार्यक्रम सुरु

स्वास्थ्य संस्थाहरुको सामाजिक परिक्षण कार्यक्रम सुरु


  • ढोरपाटन संवाददाता
  • बैशाख ३० २०७६, सोमबार

बागलुङ, ३० वैशाख – स्वास्थ्य संस्थाहरुको सामाजिक परिक्षण कार्यक्रम बडिगाड गाँउपालिका -३ सिसाखानीबाट सुरु भएको छ । आम जनताको स्वास्थ्यलाई लक्षितगरि कार्यक्रम सुरु भएको हो । जिल्लाको १० वटै स्थानिय तहका स्वास्थ्य संस्थामा स्वास्थ्य संस्थाहरुलाई पारदर्शी, जनताप्रति उत्तरदायी, पर्याप्त सेवा सुविधा प्रदान र असल सुसासनको निम्ति यो कार्यक्रम आयोजना गरिएको हो । गलकोट सामुदायिक सेवा केन्द्रको आयोजना तथा बडिगाड गाँउपालिकाको आर्थिक सहयोगमा सञ्चालित कार्यक्रममा पहिलो चरणमा स्वास्थ्यकर्मीहरु, स्वास्थ्य चौकी व्यवस्थापन समिति सॅग अन्तरकृया, दोस्रो चरणमा सिसाखानी स्थित स्यालाको दलित बस्ती र हातेमालो आमा समुह संग सामुहिक अन्तरकृया तथा छलफल, तेस्रो चरणमा स्वास्थ्य चौकी र स्थानिय संग तथ्याङ्क संकलन र चौथो चरणमा स्वास्थ्य चौकीको सामाजिक परिक्षण कार्यको सार्वजनिकिकरण आम भेला सम्पन्न भएको छ । अन्तरकृयामा गलकोट सामुदायिक सेवा केन्द्रका सामाजिक परिक्षक मञ्जु शर्मा चालिसे र थम्मन थापा सन्देशले सहजीकरण गरेका थिए। अन्तरकृयामा सेवाग्राहीले सिसाखानी स्वास्थ्य चौकी मार्फत हाल प्राप्त सेवाहरु सन्तोषजनक रहेको, सेवा प्रवाहमा विभेद नरहेको र अब खानेपानीको सहज व्यवस्थापन संगै स्वास्थ्य चौकीमा प्रसुति गृह बर्थिङ सेन्टर आवश्यकता रहेको भन्दै ति कुराहरु माग गरेका छन । आम भेलामा समुदायद्वारा प्रस्तुत गरेका जिज्ञासाहरुको सिसाखानी स्वास्थ्य चौकीका प्रमुख किरण बाबु भुजेल र वडा अध्यक्ष तथा स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष खडग पुनले स्पष्ट पारेका थिए। वडा अध्यक्ष पुनले सिसाखानीमा छिट्टै बर्थिङ सेन्टरको स्थापना खानेपानीको समस्यालाई समाधान गर्न लिफ्टिङ सिष्टम मार्फत खानेपानीको योजना वडाले अगाडी बढाईसकेको जानकारी समेत दिए । सो अवसरमा स्वास्थ्य चौकीबाट पाउने सेवा सुविधामा आफुहरु सन्तुष्ट रहेको आम समुदायले धारणा राखेका थिए । सामाजिक परिक्षण कार्यको आम भेला बडिगाड गाउपालिका -३ सिसाखानीका अध्यक्ष खडग पुनको अध्यक्षता, वडा सदस्य चुरा बहादुर पुनको स्वागत र सामाजिक परिक्षक थम्मन थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->