शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

छिस्तीमा डोजर पुरियो , चालक घाईते

छिस्तीमा डोजर पुरियो , चालक घाईते


  • ढोरपाटन संवाददाता
  • बैशाख ३० २०७६, सोमबार

बाग्लुङ ,३० बैशाख – जैमिनी नगरपालिका ८ छिस्ती जुङ्गमा बाटो खन्ने क्रममा पहिरो खस्दा  डोजर चालक सामान्य घाईते भएका छन् ।

सोमबार बिहान ७ बजे साविक छिस्ती गा.वि.स वडा न. ४ स्थित होपधेँरो सडक खण्ड निमार्ण गर्ने क्रममा एक्कासी आएको सुक्खा पहिरो खस्दा ना १ क ६७४३ नम्बरको एक्सभेटर डोजर पूर्ण क्षती भएको छ ।

मकवानपुर हेटौडाका डोजर चालक ज्ञानु लामा तितुङ सामान्य घाईते भएको जैमिनी १० पाहीका दान बहादुर थापाले जानकारी दिए। माटोमा पुरिरहेका घाईते लामालाई स्थानीय औजारको सहाराले उद्धार गरिएको थापाले बताए ।

उद्धार पश्चात घाईते लामालाई उपचारको लागि पोखरा ल्याउदै गरेको स्थानीय विष्णु भण्डारीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->