मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

मल्म- पाण्डवखानी सडक कालोपत्रे गर्न बजेट विनियोजन गर्ने मुख्यमन्त्रीको आश्वासन

मल्म- पाण्डवखानी सडक कालोपत्रे गर्न बजेट विनियोजन गर्ने मुख्यमन्त्रीको आश्वासन


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २ २०७६, बिहिबार
बागलुङ, २ जेठ- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ मल्मले स्वागत गरेको छ । मुख्यमन्त्री गुरुङलाई गलकोट आएको अवसरमा स्वागत तथा भेटघाट गरिएको हो । संस्थाको कार्यालय सप्ताहघाटमा फुल माला अविर तथा दोसल्ला ओडाई स्वागत तथा सम्मान गरिएको संस्थाका उपाध्यक्ष जीवन साहानीले जानकारी दिए । कार्यक्रममा गलकोट नगरपालिका वडा नं ७ का जनप्रतिनिधी, संस्थाका पदाधिकारीहरु, महिला समुहहरु घुम्टे प्रगति कृषक समुह, मुलपानी सप्ताहघाट महिला समुह, मिलिजुली महिला समुह, स्थानिय समाजसेवी लगायतको उल्लेख्य उपस्थिती रहेको थियो । सो अवसरमा वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले मल्म पाण्डवखानी, रमुवा, खोलाखर्क हुॅदै पर्यटकीय स्थल ढोरपाटन जोडने पर्यटकीय तथा कृषि सडकको स्तरोन्नति सॅगै कालोपत्रे गर्ने र घुम्टे युवा परिवारको आयोजनामा मल्ममा निर्माण हुन लागेको नगर स्तरको सभा हलको लागि गण्डकी प्रदेशको तर्फबाट आवश्यक बजेट विनियोजन गरिदिन माग पत्र प्रस्तुत गरेका थिए ।माग पत्र ग्रहण गर्दै मुख्यमन्त्री  गुरुङले मल्म- पाण्डवखानी सडकको स्तरोन्नती तथा कालोपत्रे र सभा हल निर्माणमा आवश्यक बजेट विनियोजन गर्ने आश्वासन दिए । स्वागत तथा भेटघाट कार्यक्रममा संस्थाको तर्फबाट अध्यक्ष थम्मन थापा सन्देशले मुख्यमन्त्री गुरुङलाई मायाको चिनो प्रदान गरेका थिए । कार्यक्रममा  संघिय सांसद देबेन्द्र पौडेल, प्रदेश सांसद ईन्द्रलाल सापकोटा, चन्द्र बुढा सागर लगायतको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->