शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

गलकाेटका कृषकलाई अनुदानमा मिनिटेलर हलाे बितरण

गलकाेटका कृषकलाई अनुदानमा मिनिटेलर हलाे बितरण


  • गुमानसिह भण्डारी
  • जेष्ठ २ २०७६, बिहिबार

गलकोट,२ जेठ – गलकाेट नगरपालिका भित्रका कृषकलाई ५० प्रतिशत अनुदानमा मिनिटेलर हलाे बितरण गरिएकाे छ । नगरपालिकाले २७ लाख ३० हजारकाे लागतमा ३५ वटा हलाे खरिद गरि बितरण गरिएकाे गलकाेट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले बताए । नगरपालिकाले संचालन गरेकाे कृषि याेजनलाई कृषकले उदेश्य अनुरूप काम गरे सत प्रतिशत अनुदानकाे ब्यवस्था गरिने गैरेले बताए। नगरपालिकामा कृषिलाई आधुनिकिरण गर्दै कृषकलाई आत्मनिर्भर बनाउनका लागि मिनिटेलर हलाे बितरण गरिएकाे गैरेकाे भनाई छ । अनुदानमा बितरण गरिएकाे मिनिटेलरकाे उचित किसिमले प्रयाेग भएनभएकाे बिपयमा समय समयमा अनुगमन गरिने नगरप्रमुख गैरेले बताए ।

कम्पनिबाट खरिद गर्दा प्रति टेलर ७८ हजार परेकाेमा कृषकलाई ५० प्रतिशत अनुदान अन्तर्गत ३९ हजारमा बितरण गरिएकाे नगरपालिकाका प्रबत्ता हिम बहादुर भण्डारिले बताए। बिहिबार नगरभित्रका ३३ जना कृषकले मिनिटेलर पाएका छन । ब्यवसायिक कृषक र सत्रिय कृषक समुहलाइ निबेदनका अाधारमा बितरण गरिएकाे नगरका प्रसाशकिय अधिकृत तुलबहादुर बिकले जानकारी दिए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->