मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

ओखरबोटमा निशुल्क स्वास्थ शिविर

ओखरबोटमा निशुल्क स्वास्थ शिविर

शिबिरमा १ हजार २ सय ४५ जनाले सेवा लिए


  • चन्द्रमणि न्यौपाने
  • जेष्ठ ५ २०७६, आइतबार

गलकोट,५ जेठ -गलकोट नगरपालिका वडा नम्वर ४ ओखरबोटमा निशुल्क स्वास्थ शिविर सम्पन्न भएको छ । वडा कार्यालय र नेपाल रेडक्रस सोसाइटी हटिया शाखाको आयोजना तथा हेल्थ एण्ड एजुकेशन फर नेपाल हेनको सहयोगमा शनिवार खरुवा माध्यमिक विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो । शिविर कान्छीमाया तामाङ फाउण्डेशन धुलिखेल काभेपलाञ्चोक र सिया फार्मेसी तथा मिनभवन औषधी पसलको सहआयोजनामा सन्चालन भएको हो । उक्त शिविरमा १ हजार २ सय ४५ जनाले लिएका छन् ।
शिविरमा स्त्री रोग १ सय ३५ जना, २ सय ३ जना महिला १ सय ३३ पुरुष गरी ३ सय ३६ जनाले आँखा उपचार सेवा, २ सय १७ जना महिला २ सय २९ जना पुरुष गरि ३ सय ४६ जनाले जनरल फिजिसियन सेवा लिएको गलकोट नगरपालिका वडा नम्वर ४ का वडा अध्यक्ष बल बहादुर खत्रीले जानकारी दिए । खत्रीका अनुसार दन्त सेवा महिला ७० र पुरुष २८ गरि ९८ जनाले लिएका छन् भने २ सय ३४ जना महिला र ९६ जना पुरुष गरी ३ सय ३० जनाले नशा तथा हाडर्जोनी रोग सम्बन्धी उपचार सेवा लिएका छन् ।
शिबिरमा आनन्दबन अस्पतालका डा. जयराज शर्मा, परोपकार प्रसुती अस्पतालका डा. बालगोबिन्द चौधरी, धुलीखेल अस्पतालका डा. दिल बहादुर तामाङ, डा. बिजेश चौधरी, शिभिल अस्पतालका डा. शिबराम न्यौपाने लगायतका विशेषज्ञ डाक्टरहरुले सेवा दिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->